२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामन्त्री पन्तले भने-‘विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्री कुलपति, सहकुलपति बनाइनुहुन्न’

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति र सहकुलपति बनाउन नहुने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ६६ औँ वार्षिकोत्सवमा सहकुलपति पन्तले यो हटाउनु पर्ने प्रस्ताव पनि आफूले राख्ने गरेको बताए । ‘म यो प्रधानमन्त्री, मन्त्री विश्वविद्यालयमा कुलपति र सहकुलपति बन्नुपर्छ भन्ने मान्यताको मान्छे होइन । कतिपय विश्वविद्यालय आएका छन् । यो हटाउनु पर्छ भन्ने प्रस्ताव गर्ने मान्छे हुँ,’ उनले भने ।

त्रिवि भने पहिलो इतिहास बोकेको विश्वविद्यालय भएकाले प्रधानमन्त्री र मन्त्री कुलपति र सहकुलपति रहेको बताए ।

मन्त्री पन्तले त्रिविको पदाधिकारी नियुक्तिको विषय पनि उठाए । ‘प्राध्यापकलाई भिसी, रेक्टर, रजिस्ट्रार, डिन, विभागीय प्रमुख नियुक्त गर्दा राजनीतिक सर्टिफिकेटलाई आधार बनाउनु पर्‍यो भने विश्वविद्यालय जान्छ । हामी त्यही नियति भोगिरहेका छौँ,’ मन्त्री पन्तले भने, ‘सेवा आयोग खाली छ । आयोगमा निश्चित मापदण्डको आधारमा अध्यक्ष आइदिउन भन्ने चाहना छ । तर कति सफल हुन सक्छु थाहा छैन । संयुक्त सरकार छ । लिमिट भित्र रहेर काम गर्नुपर्ने छ तर प्रयत्न गर्नुपर्छ ।’

विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र स्वार्थ पूरा गर्ने थलो बनाउन नहुने उनले बताए । विश्वविद्यालयमा लगाएको ताला अदालतले खोल्न आदेश दिनुले पनि त्रिविमा जटिलता रहेको उनको भनाइ छ । ‘हिजो अदालतको फैसलाले ताला खोल्नु भनेपछि आज कतै–कतै ताला खुल्ने सुन्दै छु । त्रिविमा जटिलता छ । अप्ठ्यारो छ,’ उनले भने, ‘जटिलता हटाउनु पर्छ । सबै मिल्यौँ भने विश्वविद्यालयको इतिहासलाई पुनर्स्थापना गर्न सक्छौँ । गलत राजनीतिबाट मुक्त गर्नुपर्छ ।’

विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाउन मन्त्री पन्तले आग्रह गरे । ‘विश्वविद्यालयको मुख्य पाटो अनुसन्धान हो । सर्टिफिकेट महत्त्वपूर्ण कुरा होइन । जागिरको लागि पेस गर्न काम लाग्ला तर प्रमाणपत्र बोक्नेले ज्ञान र प्रज्ञालाई बोक्न सकेनन् भने शिक्षा प्रणाली फेल हुन्छ,’ मन्त्री पन्तले भने ।

त्रिविले देशलाई चाहिने जनशक्ति उत्पादन गरिरहेको पनि उनले बताए । ‘ज्ञान र प्रविधि दुवै स्थिर भएर रहँदैन । पुर्खाले प्राप्त गरेको ज्ञानले आजको दुनियाँ चल्दैन । हामीले प्राप्त गरेको ज्ञानले भविष्यको पुस्ता अगाडि बढ्न सक्दैन । ज्ञान र विज्ञानको निरन्तरता हुन्छ । नेपालको ज्ञान निर्माणमा त्रिविले खेलेको भूमिका पर्याप्त नहोला तर पहिलो विश्वविद्यालय हो । यो गौरवको कुरा हो,’ मन्त्री पन्तले भने ।

त्रिविले आफ्नो ६६ औँ वार्षिकोत्सव स्मृति भवनमा मनाएको छ । कार्यक्रममा उपकुलपति खड्ग केसी, रेक्टर दुविनन्द ढकाल, रजिस्ट्रार केदार प्रसाद रिजाल, डिन, क्याम्पस प्रमुख, त्रिविका कर्मचारी लगायतको उपस्थिति थियो ।