२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेश सभा बैठक स्थगित

अ+ अ-

जनकपुर । मधेस प्रदेश सभाको आज बसेको बैठक स्थगित भएको छ । जनता समाजवादी पार्टी, नेपालसहित ६ दलले सभा बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । 

जसपा नेपालका रामअशीष यादवले सतिशकुमार सिंह नेतृत्वको सरकारले ल्याएको बजेटमा बिचौलिया हाबी भएको दाबी गरे । उनले मुख्यमन्त्री सिंहको बुवाले २० वर्षअघि बनाएको भवनको भुक्तानी गर्ने गरी बजेट ल्याइएको, डिपीआरमा करोडौँ रकम विनियोजन गरिएको भन्दै असहमति जनाए । 

नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक कनिस पटेलले बजेट असमान रहेको बताए । उनले सदनमा रहेका विपक्षी दल मात्र नभई सत्तापक्ष र सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका अध्यक्षसमेतले बजेटको विरोध जनाइसकेको बताए  ।

नेकपा (माओवादी केन्द्र)का उपनेता युवराज भट्टराईले बजेट पुन:लेखनको माग गरे। प्रमुख प्रतिपक्षी दलले बैठक अवरुद्ध गरेपछि सभामुख मण्डलले बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगन गरे ।