२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘२०८३ मंसिर अघि महाधिवेशन हुन्छ’-गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले २०८३ को मंसिर पर लगेर १५ औँ महाधिवेशन हुन नसक्ने बताएका छन् ।

पार्टी केन्द्रीय समिति बैठकको अन्तिम दिन बोल्ने क्रममा महामन्त्री थापाले २०८३ भन्दा पछाडि लान नहुने बताए । त्यसपछि महाधिवेशन गर्न संवैधानिक र कानूनी आधार समेत नहुने उनले बताए । 

‘त्यसैले ८३ मंसिरसम्म पनि नपुर्‍याई कन सकेसम्म छिटो हामीले गर्‍यौँ भने स्थानीय निर्वाचनको तयारीका लागि पार्टीले आन्तरिक काम गर्न पाउँछ ।’

पार्टीमा कोही महाधिवेशनको पक्षधर र कोही पक्षमा नभएको जस्तो गरी नेताहरूले प्रचार गर्ने गरेको भन्दै आपत्ति जनाए । ‘कोही महाधिवेशन गर्ने पक्षको, कोही महाधिवेशन नगर्ने पक्षको, कोही छिटो गर्ने, कोही ढिलो गर्ने, जुन कुरामा हामी कोही पनि छैनौँ,’ थापाले भने ।

विगतमा महाअधिवेशन हुने कार्यतालिका निश्चित भएपछि क्रियाशीलको पोको खोल्ने गरिएको उल्लेख गर्दै यसपटक विधान अनुसार काम गरिएको उनले बताए ।

थापाले क्रियाशील सदस्यता नवीकरणको कार्य भइरहँदा नेताहरुले आफ्नो क्षेत्रको अवस्था के छ भनी ख्याल गर्न आग्रह गरे । थापाले आफ्नो क्षेत्र (काठमाडौँ-४) ले नवीकरण गरेर केही महिना अघि नै सकेको उदाहरण प्रस्तुत गरे ।

‘पार्टीका नेताहरूलाई मैले अनुरोध गर्न खोजेको, कम्तीमा आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता रिन्यु नहुने कुराको सन्दर्भमा अलिकति बढी त्यहाँ काम गर्दिनुपर्ने छ,’ नेताहरूलाई थापाले आग्रह गरे ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक समेत रहेका थापाले समुदाय, नवीकरणको अवस्था, मतदाता लगायतका आधारमा नयाँ सदस्यताको जिल्लागत प्रतिशत तोकिने बताए । नवीकरण कति भयो र मतदाता, मतदान कति प्राप्त भयो त्यस आधारमा नयाँ सदस्यताको फर्म जिल्लालाई दिने बताउँदै उनले भने, ‘उदाहरणका रूपमा सबभन्दा बढी रिन्यु भएको चितवन थियो । अब हामीले संघीय निर्वाचनको परिणामहरू राखेर पनि यसलाई यसरी हेर्न पनि सक्छौँ ।’

महाधिवेशनबारे आफूलाई केही भन्न आवश्यक नभएको बताए ।

‘महाधिवेशनको बारेमा केही पनि भएको छैन भन्ने कुरा कृपया पार्टीका जिम्मेवार नेता साथीहरूले बाहिर नभन्दिनुहोला भन्ने मेरो अनुरोध छ,’ उनले भने, ‘त्यो हो भनेदेखि ठ्याक्कै के भयो भने, महाधिवेशनको सुनिश्चितता भन्ने हो भनेदेखि पार्टीमा सभापतिलाई वा हामी कसैलाई पनि बोलाएर छलफल गर्ने कुराहरू गर्न आवश्यक छ ।’