काठमाडौँ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै त्रिशूली नदी किनारमा मंगलबार बिहान अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको छ ।
गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक) का एक आफन्तको आज बिहान मरीब ५ बजे तिर निधन भएपछि शवलाई चरौंदीस्थित त्रिशूली किनारमा दाहसंस्कार गरिँदै थियो।
बिहान साढे ९ बजेतिर त्रिशूली नदीमा अचानक बाढी बढेपछि जलिरहेको शवको अवशेषसहित चिता नै बगाएको गाउँपालिका सुचना अधिकारी परशुराम घिमिरेले जानकारी दिए ।







