२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीले विस्थापित चार सय ८५ जनाको उद्धार

अ+ अ-

काठमाडौँ । भोटेकोशीमा आएको बाढीमा फसेका चार सय ८५ जनाको उद्धार भएको छ।

असार २४ गते राति भोटेकोशीमा आएको बाढीका कारण पूर्ण रूपमा बन्द भएको स्याफ्रुबेशी र रसुवागढी सडक खण्ड सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीले अस्थायी पदमार्ग बनाएर अलपत्र परेका स्थानीयलाई उद्धार गरेको हो।

बिहीबार दिउँसोसम्ममा चार सय ८५ जनालाई उद्धार गरेर सुरक्षाकासाथ गन्तव्यतर्फ पुर्‍याएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका भन्सार कार्यालय यार्डमा फसेका दुई वटा कन्टेनर र एक इभी गाडीलाई सुरक्षित स्थानमा सारिएको छ।

भोटेकोशी नदीमामा आएको बाढीले तीन सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता भएका छन्। हालसम्म चार जनाको शव फेला परेको छ। प्रहरीले अन्य पाँच वटा मानव अंग मात्र फेला परेको छ। फेला परेको शवमध्ये एक शवको मात्र पहिचान हुन सकेको छ। अन्य शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ।

तिब्बतको ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकोशीमा मिसिदा रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल-चीन जोड्ने पुलमा समेत क्षति पुर्‍याएको छ। नेपाल-चीन भन्सार नाका जोड्ने बाटो अवरुद्ध भएको छ। उक्त क्षेत्रमा विद्युत्समेत अवरुद्ध छ।

उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय सर्वसाधारण समेत खटिएका छन्। नेपाली ५० जना, चिनियाँ नागरिक एक जना भारतीय नागरिक चार गरेर ५५ जनाको असार २४ गते सकुशल उद्धार गरिएको थियो।

त्यस्तै भोटेकोशी नदीमा आएको बाढीले जोखिम रहेका घरपरिवारका एक सय ६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विभिन्न निजी कम्पनीको हेलिकप्टरद्वारा असार २४ र २५ गते उनीलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरीले जनाएको छ।

भोटेकोशीमा आएको बाढीले ४२ वटा इभी गाडी, २३ वटा कार्गोसहितको कन्टेनर ट्रक, ६ वटा ट्रक लगायत लोडर, एक्जाभेटर, ८ वटा हेभी इक्युपमेन्ट, ३० वटा वेल्डिङ मेसिन र २० वटा ग्राण्डिङ मेसिन बगाएको छ।

भन्सार क्षेत्रमा रहेको इभी गाडीका चार्जिङ स्टेसन, रसुवागढी जलविद्युत आयोजनाको ड्याम, हेडबक्स र लेवर क्याम्प, चिलिमे जलविद्युत आयोजनाको सुरुङ मार्गमा समेत क्षति पुर्‍याएको छ।