२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुक्तानी नदिएपछि लेखा अधिकृत र सहायकलाई व्यापारीको धम्की

अ+ अ-

काठमाडौँ । बजेट कार्यान्वयनको चटारो चलिरहेको बेला मुगुको सोरु गाउँपालिकामा भुक्तानीको विषयलाई लिएर विवाद चर्किएको छ।

गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत कुमार प्रसाद उपाध्याय र लेखा सहायक बिमला कुमारी ढकाललाई रकम भुक्तानी नगरेको भन्दै स्थानीय व्यापारीले बन्धक बनाएर ज्यान मार्ने धम्की दिएका छन् ।

पालिकाका एक कर्मचारीका अनुसार, ती व्यापारीले लाखौँ रुपैयाँको शीर्षकविहीन बिल भुक्तानी गरिदिन माग गरेका थिए। तर, लेखा अधिकृत र सहायकले शीर्षकविहीन भुक्तानी सम्भव नभएको बताएपछि विवाद बढेको हो।

आर्थिक वर्ष सकिन लाग्दा पेश गरिएका बिलको भुक्तानी नगरिएको भन्दै कर्मचारीलाई बन्धक बनाई ज्यान लिने धम्कीसमेत आएको कर्मचारी हकहित संरक्षण मञ्चका अध्यक्ष ईश्वरबहादुर सिंहले जानकारी दिए। उनले भने, “कर्मचारीले कुनै कमजोरी गरेको भए पनि कानुनअनुसार कारबाही गर्ने प्रावधान छ। त्यसो हुँदाहुँदै बन्धक बनाउने र ज्यान मार्ने धम्की दिनु आपत्तिजनक हो।”

सिंहले स्थानीय प्रशासन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण गराउँदै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।

यस विषयमा पालिकाका जनप्रतिनिधिहरूले भने आफूहरू अनविज्ञ रहेको प्रतिक्रिया दिएका छन्। विवाद चर्किएपछि व्यापारीले प्रहरीसमक्ष जानकारी गराएका थिए। हाल पालिकामा छलफल जारी रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। प्रहरीका अनुसार भुक्तानीको विषयमा विवाद बढेपछि सुरक्षाका लागि इलाका प्रहरी कार्यालयबाट टोली खटाइएको हो।

जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले पालिकामा कर्मचारी र जनप्रतिनिधिबीच छलफल भएको तर अन्तिम निष्कर्षमा पुग्न नसकिएको बताए। उनले यस विषयमा थप छलफल भोलि हुने जानकारी दिए।