२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरमा औलोको जोखिम बढ्दै

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा औलोको जोखिम बढ्दै जान थालेको छ । एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलोका आयातित बिरामीको संख्या बढ्दै जान थालेको हो । 

स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टका अनुसार चालु आर्थिक वर्षको हालसम्म औलोबाट जिल्लामा ५६ जना सङ्क्रमित भएका छन् । भारत र अफ्रिकन मुलुकबाट फर्केका व्यक्तिहरूमा औलोको सङ्क्रमण उच्च रहेको पाइएको छ । भारतबाट फर्केका ५२ जना, अफ्रिकन मुलुकबाट फर्केका दुई जना र स्थानीय दुई जनामा औलोको सङ्क्रमण देखा परेको औलो निरीक्षक भट्टले बताए। 

“प्लाज्मोडियम फाल्सिपारम र प्याज्मोडियम भाइभेक्स लगायतका दुई परजिविबाट औलो सर्ने गर्दछ”, निरीक्षक भट्टले भने, “भाइभेक्सभन्दा प्लाज्मोडियम फाल्सिपारम बढी जोखिमयुक्त हुने गरेको छ, समयमै उपचार नभए फाल्सिपारमबाट बिरामीको मृत्यु हुनसक्ने सम्भावना उच्च रहने गर्दछ ।”

 औलो संक्रमितमध्ये प्लाज्मोडियम फाल्सिपारमबाट १२ जना र प्याज्मोडियम भाइभेक्सबाट ४४ जना बिरामी संक्रमित भएको पाइएका छन् । गत वर्षको यसै अवधिमा भारतलगायत मुलुकबाट फर्केका २९ जनामा औलोको सङ्क्रमण देखा परेको थियो ।    

“बर्सेनि भारतबाट फर्कने व्यक्तिहरूमा औलोको सङ्क्रमण देखिँदै आएको छ, स्थानीय औलोका बिरामी न्यून मात्रामा रहे पनि आयातित बिरामीको सङ्ख्या बढ्दो छ”, औलो निरीक्षक भट्टले भने, “खुला सीमानाकाका कारण औलो नियन्त्रण गर्नमा चुनौती छ, सीमानाकामै औलोका शङ्कास्पद बिरामीको रगत चेकजाँच गर्ने व्यवस्थालाई भरपर्दो बनाउन आवश्यक छ ।” 

औलो लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा रगतसँगै औलोको परजीवी पनि चुस्ने र लामखुट्टे सङ्क्रमित हुने भएकाले त्यस्ता सङ्क्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा औलो सर्ने उनको भनाइ रहेको छ । उनका अनुसार औलोबाट बच्न साँझ बिहानको समयमा पूरै शरीर ढाक्ने लुगा लगाउने, शरीरको खुला भागमा कीटनाशक मलम लगाउने, घरभित्र, घरबाहिर, आँगनमा बस्दा लामखुट्टे धपाउन धूप बाल्ने, सुत्ने बेलामा झुलको प्रयोग गर्ने, घर वरिपरि सफा राख्ने, घर वरिपरि पानी जम्न दिनुहुँदैन ।

 औँलो रोगबाट बच्ने उत्तम उपाय नै लामखुट्टेलाई टोक्न नदिनु नै हो । नेपालबाट औलो सन् २०२५ भित्रै निवारण गरी बिरामीको सङख्या शून्यमा झार्ने लक्ष्य लिइएको छ ।