२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो’-पूर्वराष्ट्रपति भण्डारी

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको जनताको बहुदलीय जनवाद (जबज) केवल एउटा राजनीतिक सिद्धान्त मात्र नभएर लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन रहेको बताएकी छन् ।

मदन भण्डारी फाउन्डेसनद्वारा आज आयोजित जर्नल विमोचन तथा विमर्श कार्यक्रममा उनले जबजका बारेमा उच्च शैक्षिक संस्थाहरूमा अध्ययन, अनुसन्धान र छलफल हुनुपर्ने बताइन् । 

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रलाई समृद्ध बनाउने र नागरिकलाई सुखी बनाउने महान् लक्ष्यलाई जबजले  अघि बढाएको चर्चा गर्दै नेकपा (एमाले) पनि सुखी नेपालीको साझा राष्ट्रिय आकांक्षा प्राप्त गर्न यो सिद्धान्तअनुसार अविचलित रूपमा लागि परेको धारणा व्यक्त गरिन् ।

त्यस अवसरमा पूर्वराष्ट्रपति भण्डारी र नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले ‘राज्य, समाज र विकास: जबज दृष्टिकोण’को लोकार्पण गरेका थिए ।

फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले विमोचित जर्नलले भावी पुस्ताका लागि देशबारे अध्ययन-अनुसन्धान गर्न चाहनेहरूका लागि भरपर्दो स्रोत सामग्री हुने बताइन् । जर्नलका प्रमुख सम्पादक पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे छन् । जर्नलमा १० वटा लेख समावेश छन् ।