काठमाडौँ । देशका अधिकांश तीन दिन केही नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नदी तटीय क्षेत्रमा बाढीबाट उच्च सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
पूर्वानुमान महाशाखाको सूचनामा उल्लेख गरेका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना उच्च रहने बताइएको छ ।
इलाम, झापा, पाँचथर, तेह्रथुम, भोजपुर, ओखलढुंगा, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ, जाजरकोट, कालीकोट, बाजुरा, कैलाली, कञ्चनपुर र दार्चुला भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना ‘मध्यम’ रहने महाशाखाको जनाएको छ ।









