२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्‍मा सभामुखको भूमिकामाथि उठ्यो प्रश्न

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर विपक्षी दलहरूले प्रश्न उठाएका छन् ।

खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सभामुखले सदनको अवरोधलाई ख्याल नगरेर सदन चलाएको भनेर प्रश्न उठाएका हुन् ।

रास्वपा र राप्रपाले विगत ४७ दिनदेखि प्रतिनिधि सभाको काम कारबाहीमा भाग लिएका छैनन् । प्रत्येक दिन सदन सुरु भएपछि उठेर विरोध गर्ने र सभामुखले समय दिए आफ्ना कुरा राखेर दुवै दलका सांसदहरू सभाकक्षबाट बाहिरिने गरेका छन् ।

विपक्षी दलहरूको यस्तो शैलीलाई सभामुखले सामान्य रूपमा लिएको भनेर उनीहरूले नै सभामुख घिमिरेमाथि प्रश्न उठाएका हुन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संसद्का दुई महत्त्वपूर्ण दलले बहिष्कार गर्दा पनि सदन चलाउने शैली कस्तो हो भनेर प्रश्न गरे ।

‘सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु, यो संसदीय इतिहासमा कालो समय हो,’ उनले भने, ‘संसद्का दुई महत्त्वपूर्ण राजनीतिक पार्टीले कुरा उठाइराख्दा जबरजस्त संसद् चलाउने प्रयास भइराखेको छ ।’

यो सरकारको अकर्मण्यता मात्रै नभएको उनको आरोप छ । ‘यो केवल सरकारको अकर्मण्यता मात्रै होइन, सभामुख महोदय तपाईँको आफ्नो कार्यकालको सबैभन्दा कालो समयको रूपमा पनि यो उल्लेख रहने छ ।’

सभामुखले सदनको अवरोध खुलाउन पहल लिनुपर्ने उनको आग्रह छ । ‘सभामुखले पहल गर्नुपर्‍यो, प्रयास गर्नुपर्‍यो । छलफल गर्नुपर्‍यो । प्रतिपक्ष दलहरूले उठाएको आवाजलाई सम्बोधन गराउने प्रयास गर्नुपर्‍यो,’ सभामुख घिमिरेलाई अध्यक्ष लिङ्देनको सुझाव छ ।

रास्वपाका सांसद अशोककुमार चौधरी संसदीय अभ्यासमा सभामा एक जना उभिए पनि अवरोध मानिने मान्यता रहेको बताए ।

तर, नेपालमा प्रमुख दुई दलले नै बहिष्कार गर्दा समेत सदन चलाउने अभ्यास भएको भनेर उनले यसमा सभामुखको भूमिकामाथि प्रश्न उठाए ।

यो विषय विगतमा गृहमन्त्री रमेश लेखकले निकै वकालत गरेको पनि उनले स्मरण गरे । फेरि पनि सुधारका लागि सभामुखले पहल लिनुपर्ने उनको आग्रह छ ।

‘यहाँ ४७ दिनदेखि प्रतिपक्ष उभिँदा समेत सरकारले देखिरहेको छैन । सम्माननीय सभामुखज्यूले पनि सदन सुचारु गरिराख्नुभएको छ,’ चौधरीले भने, ‘यो संसदीय मूल्य मान्यता विपरीत हो ।’