२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री सिंहले भने-‘अव्यवस्थित बस्तीको व्यवस्थापन गर्न राष्ट्रिय बस्ती विकास नीति’

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले तीव्र सहरीकरणका कारण उत्पन्न समस्या व्यवस्थापन गर्न संघ, प्रदेश र स्थानीय सरकारबिच सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्तो बताएका हुन्। उनले बढ्दो सहरीकरणबाट उत्पन्न समस्या समाधान गर्नको लागि सहरी पूर्वाधार निर्माणका काम भइरहे पनि सीमित बजेटका कठिनाइ भइरहेको बताए । उनका अनुसार सरकारले एकीकृत सहरी विकास र नमुना बस्ती विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

त्यहीअनुसार देशका ७५३ वटै स्थानीय तहमा क्रमिक रूपमा योजना विस्तार मन्त्री सिंहको भनाइ छ । देशका अव्यवस्थित बस्तीहरूलाई व्यवस्थित बनाउने उद्देश्यले राष्ट्रिय बस्ती विकास नीति तर्जुमा प्रक्रिया अघि बढाइएको पनि उनले बताए ।

उनले भने, ‘सहरी क्षेत्रको व्यवस्थापनको चुनौती स्थानीय तहलाई मात्र नभई संघीय र प्रादेशिक तहसम्म देखा परेको छ । यसका लागि संघ, प्रदेश र स्थानीय स्तरबाट सहरी पूर्वाधार निर्माण गर्दै गरेको भए पनि न्यून बजेटको कारण तीव्र शहरीकरणको समस्यालाई समाधान गर्न अझै समय लाग्ने देखिन्छ । तसर्थ एकीकृत सहरी विकास र नमुना बस्ती विकासको अवधारणा बमोजिम ७५३ वटै स्थानीय तहहरूमा प्राथमिकताको आधारमा लगानी विस्तार गर्दै लगिनेछ । नेपालमा रहेका बस्तीहरूलाई व्यवस्थित ढंगले विकास गर्नको लागि राष्ट्रिय बस्ती विकास नीति तर्जुमा नीति अगाडि बढाइएको छ ।’

सरकारले संविधानले प्रत्याभूत गरेका स्वच्छ वातावरणको हक र स्वास्थ्यसम्बन्धी अधिकार कार्यान्वयन गर्न कानुनी संरचना र स्रोत सीमाभित्र रहेर काम गरिरहेको मन्त्री सिंहको भनाइ छ ।

फोहोर मैला व्यवस्थापन ऐन, २०६८ बमोजिम फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको एकल अधिकारमा परेको भन्दै सिंहले स्थानीय सरकारहरूले सरसफाइ र स्वास्थ्य प्रवर्धनका विषयमा अझ सक्रिय हुनुपर्नेमा जोड दिए ।