२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदम गिरीको आरोप-‘सरकारले गरेका कामलाई चुनौती दिन नसकेर जनतामा भ्रम फैलाउन खोजियो’

अ+ अ-

काठमाडौँ। नेकपा (एमाले)का सांसद पदम गिरीले वर्तमान सरकारले गरेका कामलाई चुनौती दिन नसकेर प्रमुख प्रतिपक्ष लगायतका दलले जनतामा भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै गिरीले प्रतिपक्ष लगायतका दललाई यस्तो आरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्पेन भ्रमणमा गएको टोलीमा सबै सदस्य फर्किसकेको दाबी गर्दै नफर्किएको भनेर भ्रम फैलाएको बताए ।

उनले भने, ‘यतिबेला विकास निर्माणको सवालमा सरकारले गरेका कामलाई चुनौती दिन नसके पछाडि स्पेन जाँदा प्रधानमन्त्रीले प्रतिनिधि मण्डलमा लगेका मान्छे विदेश लुकेका छन् भनेर जनतामा भ्रम फैलाउने काम भयो । प्रधानमन्त्रीको नेतृत्वमा २१ सदस्यीय उच्चस्तरीय भ्रमण टोली थियो, त्यो जस्ताको तस्तै नेपाल फर्किएको छ ।’

सांसद गिरीले यस अघि विश्वका विभिन्न मुलुकमा गएर नफर्किएका व्यक्तिको वर्तमान सरकारले कसरी जिम्मा लिन सक्छ भन्दै प्रमुख प्रतिपक्ष दल लगायतलाई प्रश्न गरेका छन् ।

उनले भने, ‘अघिपछि कुन जहाजमा को मान्छे संसारभरि गयो, त्यसको जिम्मा सरकारले लिन सक्छ रु यस्ता भ्रमपूर्ण कुरा गरेर जनतामा भ्रम पार्ने कोसिस भएको छ र हाम्रो सरकारले गरेका कामहरूलाई ओझेलमा पार्ने, जनतामा लाई छायामा पार्ने र भ्रम पार्ने कोसिस भएको छ । यस तर्फ पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।’