२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो

अ+ अ-

एएफपी । बेलायतको वार्षिक उपभोक्ता मूल्य मुद्रास्फीति दर सन् २०२५ को जून महिनामा ३.६ प्रतिशत पुगेको छ, जुन सन् २०२४ को जनवरीयताकै उच्च दर हो । राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस)ले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, मे महिनाको ३.४ प्रतिशतको तुलनामा मुद्रास्फीति दरमा वृद्धि भएको हो ।

यो वृद्धिको मुख्य कारण मोटर इन्धन, हवाई र रेल भाडा तथा खाद्यान्न मूल्यमा भएको उल्लेखनीय वृद्धि हो । खाद्य पदार्थ र गैर–मदिराजन्य पेय पदार्थको मूल्य एक वर्षअघिको तुलनामा ४.५ प्रतिशतले बढेको देखिएको छ, जुन फेब्रुअरी सन् २०२४ यताकै उच्च दर हो ।

ऊर्जा, खाद्यान्न, मदिरा तथा चुरोटलाई बाहिर राखेर गणना गरिएको मुद्रास्फीति दर जूनमा ३.७ प्रतिशत रहेको छ, जुन मे महिनाको ३.५ प्रतिशतको तुलनामा उच्च हो । 

यसअघि ओएनएसले प्रकाशित गरेको तथ्यांक अनुसार, बेलायतको वास्तविक मासिक सकल घरेलु उत्पादन (जीडीपी) मे महिनामा ०.१ प्रतिशतले घटेको थियो । 

बैंक अफ इङ्ग्ल्याण्डले जून महिनामा आफ्नो नीतिगत ब्याजदर ४.२५ प्रतिशतमा यथावत् राखेको थियो । स्थायी मुद्रास्फीति दबाब र विश्वव्यापी अनिश्चितताको कारणले यस्तो निर्णय गरिएको हो । यद्यपि, आगामी अगस्ट महिनामा ब्याजदरमा कटौती हुने अपेक्षा गरिएको छ ।

मुद्रास्फीति दर बैंकको लक्षित दुई प्रतिशत भन्दा अझै माथि रहेको छ । बजार विश्लेषकले सन् २०२५ भित्र कम्तीमा दुई पटक ब्याजदर घट्ने सम्भावना देखेका छन्, जसअनुसार वर्षको अन्त्यसम्म नीतिगत ब्याजदर झरेर करिब ३.७५ प्रतिशत पुग्न सक्ने अनुमान गरिएको छ ।