२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देहीमा साढे १२ करोड बढीको सामग्री बरामद

अ+ अ-

काठमाडौँ । रुपन्देहीमा गत आर्थिक वर्षमा अवैध रूपमा भन्सार छलेर भित्र्याएको १२ करोड ६७ लाख ७१ हजार बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद भएको छ। 

वर्षको अन्य महिनाको तुलनामा सबैभन्दा जेठमा २ करोड ९७ लाख बढी र असारमा २ करोड ३८ लाख बढी मूल्यका सामग्री बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको वार्षिक कार्य प्रगतिमा विवरणमा उल्लेख छ।

प्रहरीका अनुसार एक वर्षमा तस्करीमा संलग्न ११३ जना पक्राउ गरिएकोमा सबैभन्दा बढी असारमा ४३ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिहरूलाई कसुर अनुसार आवश्यक कारबाहीका लागि भन्सार, पशु क्वारेन्टाइन, राजस्व अनुसन्धान कार्यालयमा पठाइएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए।

यसका साथै तस्करीमा संलग्न ३३४ वटा सवारी साधन नियन्त्रणमा लिइएको तथ्यांकमा उल्लेख छ। जसमध्ये ३०२ वटा मोटरसाइकल, ८ वटा ट्रक, १७ वटा पिकअप, ६ वटा अटो रिक्सा र एउटा ट्याक्टर रहेको छ। 

गत आर्थिक वर्षमा प्रहरीले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद र जरिवाना सजाए पाएका ८२३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जसबाट ५ सय ६ वर्ष २ महिना १२ दिन कैद असुलका लागि कारागार चलान गरिएको र ७ करोड ४५ लाख ८१ हजार ८ सय १४ रुपैयाँ जरिवाना असुलका लागि अदालतमा पठाइएको एसपी क्षेत्रीले बताए।

यस्तै प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न २ सय २२ जनालाई पक्राउ गरेको छ। जसबाट गाँजा ११३ किलो बढी, ब्राउन सुगर ७३२ ग्राम बढी, चरेस २० किलो लगायतका लागुऔषध बरामद भएको छ।

त्यस्तै प्रहरीले एक वर्षमा अवैध रूपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन गर्ने ६० वटा ट्याक्टर, ३० वटा भ्याकु लोडर र २३ वटा टिपरहरूलाई कारबाहीका लागि विभिन्न स्थानीय तहमा पठाइएको प्रहरीले जनाएको छ। एक वर्षको अवधिमा जिल्लामा ४१ वटा विभिन्न मुद्दा शीर्षकमा १ हजार ७ सय ७ वटा मुद्दा दर्ता गरिएकोमा १ हजार १ सय ४५ वटा फछर्यौट गरिएको छ। ५ सय ६२ वटा मुद्दा अनुसन्धानमा रहेको तथ्यांकमा उल्लेख छ।