२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु, करिब १५० को उद्धार

अ+ अ-

काठमाडौँ । इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा आइतबार एउटा यात्रुवाहक पानीजहाजमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा १५० जनाको उद्धार गरिएको प्रान्तीय खोज तथा उद्धार कार्यालयका वरिष्ठ अधिकारी वेरी अरियान्तोले बताएका छन् ।

‘तीन जनाको मृत्यु भएको छ भने करिब १५० जनालाई सकुशल उद्धार गरिएको छ । उनीहरूलाई सुरक्षाकर्मीको संयुक्त उद्धार टोली र स्थानीय मछुवाहरूको डुंगाले उद्धार गरेको थियो, ’उनले भने ।

अहिले पनि खोजी तथा उद्धार कार्य जारी छ । अरियान्तोका अनुसार दुई पानीजहाज, केही डुंगाहरू उद्धारका लागि तैनाथ गरिएको छ ।

प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण निकायको आपत्‌कालीन टोलीका प्रमुख डानी रेपीका अनुसार स्थानीय समयअनुसार दिउँसो १:०० बजे सुलाबेसी प्रान्तको राजधानी मनाडोको पानीमा यात्रा गर्ने क्रममा ‘केएम बार्सिलोना फाइभ’ नामक जहाजमा आगलागी भएको हो।

जहाजमा करिब २८० जना सवार रहेको उनले बताए ।