२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउने सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई नि:शुल्क यातायात सेवा दिइने

अ+ अ-

काठमाडौँ । यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले नि:शुल्क यातायात सुविधा पाउने भएका छन् । 

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (क्जोन) का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरूसँग आज यहाँ भएको अन्तरक्रियामा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले नि:शुल्क बस सेवा दिइने बताएका हुन् । 

धर्म, संस्कृतिसँग सम्बन्धित संस्था र यातायात व्यवसायीको सहयोगमा साउन ५ गते पहिलो सोमबारदेखि यस्तो सुविधा दिन लागिएको उनले जानकारी दिए। 

सोमबारदेखि चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई नि:शुल्क सेवा दिनेछन् । यसमध्ये दुईवटा बस गीता प्रेसको नेपालस्थित बुक डिपोले व्यवस्था गरेको र दुईवटा बस यातायात व्यवसायी उच्च राष्ट्रिय महासंघले गरेको सदस्य सचिव जोशीले बताए ।  

“पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि नि:शुल्क बस सेवा दिइएको यो पहिलो पटक हो । बिहान ४:०० बजेदेखि नै भक्तजनलाई नि:शुल्क बस सेवा दिइनेछ । साउने सोमबारका अवसरमा साउन ५ गते सोमबार बिहान ३:०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिने छन्”, उनले भने ।  

मूल मन्दिरमा भीड नहुने गरी कोषले यस वर्षको साउने सोमबारको दर्शनको व्यवस्था मिलाइने जनाएको छ । भक्तजनलाई लाइनमा बसेको एक घण्टामा दर्शन गरेर फर्कन सक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । नेपाली सेनाको कल्याणकारी कोषले घामपानीबाट बच्न मूल मन्दिर बाहिरको भागमा ‘टेन्ट’ राख्ने छ । 

साउने सोमबारको सुव्यवस्थाका लागि कोषले सञ्चालक परिषद् सदस्यलाई पनि बिहान ३:०० बजेदेखि नै परिचालन गर्नेछ । त्यस अवसरमा कोषले पशुपतिनाथ मन्दिरमा रु सात हजार ५०० भन्दा माथिका मात्र विशेष पूजा गर्ने जनाएको छ । 

साउने सोमबारका अवसरमा पशुपति क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविर, पानी एवं प्रसाद वितरणको व्यवस्था मिलाइएको छ । यहाँ सुरक्षाका लागि प्रहरी वृत्त गौशालालाई जिम्मा दिइएको छ । 

छलफलमा समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले साउने सोमबारलगायत ठूला पर्वमा पशुपति क्षेत्रमा समाचार संकलनका लागि आउने पत्रकारलाई सहज रूपमा सूचना दिने र  पशुपति क्षेत्रमा ‘मिडिया सेन्टर’ को व्यवस्था गर्न माग गरेका थिए ।