काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज दुई अंकले बढेको छ । यो समयमा नेप्से परिसूचक २.५६ अंकले बढेर २९७६.२६ विन्दुमा कायम भएको छ।
८४ वटा स्क्रिप्सको २६ हजार ९८९ कित्ता सेयर १ करोड ३७ लाख ७४ हजार ८२२ रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबारमा आएकामध्ये ५४ स्टक्सको मूल्य बढ्दा २४ वटाको घटेको छ भने एक स्टकको मूल्य भने स्थिर रहेको छ ।







