काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ।
कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा र थमौतीसँग जोडिएको घूस अडियो प्रकरणको अनुसन्धान अन्तर्गत श्रेष्ठसँग बयान लिइएको आयोग स्रोतले प्रशासनलाई जानकारी दिएको छ।
निवर्तमान मन्त्री राजकुमार गुप्तासम्बद्ध घूस अडियो प्रकरणमा श्रेष्ठको नाम पनि जोडिएको थियो। सार्वजनिक भएका अडियो क्लिपसँगै म्यासेजमा पनि उनको संलग्नता देखिएको भन्दै अख्तियारले उनीविरुद्ध अनुसन्धान अगाडि बढाएको हो।
मन्त्री पदबाट राजीनामा दिइसकेका गुप्तासम्बन्धी अडियोको फरेन्सिक रिपोर्ट आयोगमा प्राप्त भइसकेको स्रोतको भनाइ छ।







