२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विष्णु पौडेलको दाबी-‘विद्या भण्डारीको सदस्यता नवीकरण हुन सक्दैन’

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सिंगो देशको संरक्षण गर्ने अभिभारासहित राष्ट्रपति भइसकेको व्यक्ति कुनै राजनीतिक दलमा सम्बद्ध हुन नहुने बताएका छन् ।

नेकपा एमाले रुपन्देहीको आयोजनामा भएको एक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनु उचित नहुने उनले बताए । राष्ट्रपति गणतन्त्रको शान भएको र राष्ट्र प्रमुख भइसकेको व्यक्ति कुनै राजनीतिक दलमा आबद्ध हुनु नहुने निष्कर्षसहित एमालेले निर्णय गरेको उनले बताए ।

‘अब उहाँ राजनीतिमा आउनु हुन्छ की हुँदैन भन्ने जहाँसम्म विषय छ । राष्ट्रपति गणतन्त्रको शान हो । राष्ट्रपति राष्ट्र प्रमुख हो । राष्ट्र प्रमुख भएर कुनै एउटा पार्टी विशेषमा, हिजो उपाध्यक्ष हुँदा एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो, तर जब उहाँ राष्ट्रप्रमुख हुनुभयो,’ उनले भने, ‘एमालेको मात्र होइन सिंगो राष्ट्रको राष्ट्रप्रमुख हुनुभयो । सिंगो राष्ट्रको राष्ट्रपति जस्तो अभिभारा संविधानको रक्षा, संरक्षण गर्ने अभिभारा वहन गरेर सेवानिवृत्त भएको पूर्वराष्ट्रपति राजनीतिमा आउने कुरा उचित हुँदैन ।’

भण्डारी सिंगो राष्ट्रकै अभिभावकको भूमिकामा रहनु उचित हुने बताउँदै उनले पार्टी सदस्यता नवीकरण हुन नसक्ने पनि स्पष्ट पारे ।

‘त्यसकारण उहाँले सिंगो राष्ट्रकै अभिभावकको भूमिकामा रहनुपर्छ । उहाँको पार्टी सदस्यता नवीकरण हुन सक्दैन, गर्न उचित पनि हुँदैन,’ पौडेलले भने ।

७० वर्षे उमेरहद राख्न जरुरी नरहेको पनि उनले बताए ।