२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिउँदो व्यक्तिलाई मृत घोषणा गरेर सिफारिस दिने नगरपालिकाका कृषि स्नातक प्राविधिकसहित दुई जना पक्राउ

अ+ अ-

काठमाडौँ । जिउँदो व्यक्तिलाई मृत घोषणा गरेर सिफारिस दिने नगरपालिकाका कृषि स्नातक प्राविधिकसहित दुई जना पक्राउ परेका छन् ।

जिउँदो व्यक्तिलाई मृत घोषणा गरेर आर्थिक लाभको उद्देश्यले सिफारिस दिने कार्यमा संलग्न शैल्यशिखर नगरपालिकाका कृषि स्नातक प्राविधिक दीपकराज विष्ट र शैल्यशिखर नगरपालिका–६ मा रहेको ‘मालिकार्जुन अगुवा कृषक समूह’ का अध्यक्ष जनक सिंह धामी पक्राउ परेका हुन् ।

उनीहरूलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए । घटनासँग सम्बन्धित कागजात संकलन गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक रावतले बताए।

यस्तो थियो विवाद
केही समयअघि जनक सिंह धामीले जीवित व्यक्तिलाई मृत घोषणा गरी बैंक खाता नवीकरण गर्ने प्रयास गरेका थिए । शैल्यशिखर नगरपालिका–६ मा रहेको ‘मालिकार्जुन अगुवा कृषक समूह’ का अध्यक्ष जनक नै हुन्। यस समूहका लागि वडागत कृषि कार्यक्रमअन्तर्गत नगरपालिकाबाट दुई लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो। ओखरको बोट खरिद गरेर कृषकलाई वितरण गर्ने उद्देश्यले उक्त रकम छुट्याइएको वडा नं. ६ का वडाध्यक्ष जगदीश धामीले बताए।

उनका अनुसार, ‘‘बोट खरिदपछि समूहभित्र विवाद भएको रहेछ। त्यसपछि कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामी रकम भुक्तानीका लागि चेकमा हस्ताक्षर गर्न तयार भएनन्।’’ रकम भुक्तानी नभएपछि अध्यक्ष जनकसिंह धामी र शैल्यशिखर नगरपालिकाका कृषि स्नातक प्राविधिक दिपक राज विष्टको मिलेमतोमा कोषाध्यक्ष जानकी र सचिव मञ्जुलाई मृत घोषणा गरिएको भेटिएको हो।

कृषि स्नातक प्राविधिक विष्टले ग्लोबल आइएमई बैंक, गोकुलेश्वर शाखालाई खाता नवीकरणका लागि पत्र पठाउँदै भनेका थिए, ‘समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीको मृत्यु भइसकेको हुँदा अब अध्यक्ष जनकसिंह धामी र नयाँ सचिव बसन्ती बोहराको हस्ताक्षरबाट खाता सञ्चालन गर्न अनुमति दिनुहुन सिफारिसका साथै अनुरोध गर्दछु।’ तर, बैंकले उक्त नवीकरणको पत्र प्राप्त गरेपछि सचिव र कोषाध्यक्ष दुवैलाई सम्पर्क गर्दा उनीहरू जीवितै रहेको खुलेको हो ।