२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन मन्त्रालयको निर्देशन

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सम्बन्धित स्थानीय तहहरूलाई स्पष्ट निर्देशन दिएको छ। 

मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै दरबन्दी बमोजिम खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई अनिवार्य रूपमा हाजिर गराउन अनुरोध गरेको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम प्रमुख प्रशासकीय अधिकृतका रूपमा निजामती सेवाका अधिकृत कर्मचारी खटाउने व्यवस्था रहेको मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार सबै स्थानीय तहहरूमा दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृत खटाइ स्थानीय सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।

तर, केही स्थानीय तहहरूले पहिले वरिष्ठतम कर्मचारीलाई दिइएको आर्थिक तथा प्रशासनिक अधिकारलाई कायम राख्दै दरबन्दी अनुसार खटाइएका अधिकृतलाई हाजिर नगराउने तथा मन्त्रालयमा पत्राचार गरी जानकारी गराउनेजस्ता गतिविधि गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस्ता गतिविधि सेवा प्रवाहमा बाधा पुर्‍याउने खालका छन् र यसप्रति गम्भीर चासो व्यक्त गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “यस अघि बरिष्ठतम कर्मचारीलाई दिइएको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई समेत जानकारी गराइएको छ।”

मन्त्रालयले सबै स्थानीय तहहरूलाई आफूले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई यथाशीघ्र हाजिर गराई सहज वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न आग्रह गरेको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता कालीप्रसाद पराजुलीले ‘व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ नारालाई आत्मसात् गर्दै प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न स्थानीय तहहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको र त्यसअनुसार कार्य गर्न अनुरोध समेत गरेका छन्।