२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पूर्वाधार विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छौ’: मुख्यमन्त्री आचार्य

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर हरेक क्षेत्रमा अघि बढ्न तयार रहेको स्पष्ट पारेका छन् ।

नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशले ६३ औँ इञ्जिनियर्स दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजना गरेको ‘लुम्बिनी प्रदेशको आत्मनिर्भर पूर्वाधार विकास स् अवसर र चुनौती’ विषयक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले पूर्वाधार विकासमा पब्लिक–प्राइभेट पार्टनरशिप मोडेलमा जान सकिने कानुनी आधारहरू तय भइसकेको बताएका हुन् ।

उनले भने, ‘लुम्बिनी प्रदेश सरकारले पूर्वाधार प्राधिकरण ऐन बनाएको छ, जसमा स्पष्ट रूपमा निजी क्षेत्रसँग सहकार्य गर्ने आधार राखिएको छ । प्रदेश सरकार निजी क्षेत्रको प्रचुर विकासमा सहजीकरणको वातावरण निर्माण गर्न प्रतिबद्ध छ । दोस्रो आवधिक योजनाका लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य अनिवार्य छ ।’

मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकारको लगानी सन्तुलित रूपमा अघि बढिरहेको छ । उनले चालू खर्च घटाउन प्रदेश सरकार अग्रस्थानमा रहेको उल्लेख गर्दै भने, ‘हामी चालू खर्च घटाउनेमा पहिलो नम्बरमा छौँ, र त्यो प्रमाणित गरिसकेका छौँ । राजस्व वृद्धिका क्षेत्रमा समेत प्रदेश सरकार सफल भएको छ । डेढ अर्ब रुपैयाँ राजस्व वृद्धि सम्भव भएको छ, जसको श्रेय हामीले थालेको सुशासनको अभियानलाई जान्छ ।’

मुख्यमन्त्री आचार्यले स्थायी इञ्जिनियर जनशक्ति तयार पार्ने योजनाका साथ प्रदेश सरकार अघि बढिरहेको जानकारी दिए । उनले इञ्जिनियर समुदायले विज्ञान, प्रविधि र पूर्वाधार विकासमार्फत राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै भने, ‘पूर्वाधारविना आर्थिक विकास सम्भव छैन, र इञ्जिनियरबिना पूर्वाधार सम्भव छैन । त्यसैले राष्ट्रको समुन्नतिको साँचो इन्जिनियरहरूको हातमा छ ।’

प्रदेश सरकारले पारदर्शी, जनउत्तरदायी र परिणाममुखी शासन प्रणाली विकास गर्न प्राथमिकता दिएको उल्लेख गर्दै उनले इन्जिनियरहरूको ज्ञान, दक्षता र सहकार्य यस अभियानमा अपरिहार्य रहेको बताए ।

सडक, पुल, भवन, जलविद्युत, सिँचाइ, सूचना प्रविधि, वातावरणलगायतका क्षेत्रको विकासमा इन्जिनियरहरूको योगदान उल्लेखनीय रहेको उल्लेख गर्दै उनले प्राकृतिक प्रकोपको बेला तात्कालिक जोखिम मूल्यांकनदेखि पुनर्निर्माणसम्मको प्रक्रियामा खेल्ने भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने स्पष्ट पारे ।

मुख्यमन्त्री आचार्यले पेशागत अनुशासन, इमानदारिता, निष्पक्षता, जवाफदेहिता र मर्यादित आचरण इन्जिनियरहरूको मौलिक विशेषता भएको उल्लेख गर्दै ती मूल्य र सिद्धान्तअनुसार काम गरेर जनताको विश्वास जित्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, नेपाल इञ्जिनियर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष ई। सुभासचन्द्र बराल, बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेलगायतले लुम्बिनी प्रदेशलाई पूर्वाधार विकासको माध्यमबाट समृद्ध बनाउन सकिने पर्याप्त सम्भावना रहेकोमा जोड दिएका थिए ।