२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँझो जग्गामा व्यावसायिक फूलखेती गर्दै विदुर नगरपालिका

अ+ अ-

त्रिशूली (नुवाकोट) । विदुर नगरपालिकाको आफ्नो बाँझो रहेको छ रोपनी जग्गामा व्यावसायिक फूलखेती सुरु गरेको छ । विदुर–९ स्थित वडा कार्यालय परिसरमा रहेको खाली जग्गामा नगरपालिकाले सयपत्री र मखमली जातका नौ हजार बिरुवा रोप्न सुरु गरेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए। उनको अनुसार अहिले रोप्न थालेको बिरुवाको उत्पादन आगामी तिहार पर्वका लागि तयार हुनेछ ।

“नगरपालिकाले बाँझो जग्गाको सदुपयोग, फूल बिक्रीबाट आम्दानीको स्रोत वृद्धि र स्थानीय नगरवासीलाई व्यावसायिक फूलखेतीप्रति आकर्षण बढाउन वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत पुष्पखेतीको प्रवर्द्धन गर्न लागिएको छ”, उनले भने, “गत वर्ष परीक्षणको रूपमा गरेको खेतीले सफलता पाएसँगै यो वर्ष बाह्रै महिना फूल उत्पादन गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।”

फूलखेतीका लागि आधुनिक यान्त्रिकीकरणको सहायताले ड्याङ(ठाउँ) तयार पारिएको छ । छ रोपनी जग्गामा ‘मल्चिङ’ प्रविधिमा आधारित सयपत्री र मखमली जातका नौ हजारभन्दा बढी फूलका बिरुवा रोप्न सुरु गरिएको कृषि शाखाका अधिकृत सविना बोगटीले जानकारी दिए । बिरुवा अन्यत्रबाट खरिद गरेर ल्याइएको छ । रोप्नका लागि नगरपालिकाको जनप्रतिनिधि र कर्मचारी खटिएका छन् ।

यान्त्रिकीकरणको प्रयोगले कम लागतमा रोप्ने ठाउँ तयार गरिएको छ भने मल्चिङ प्रविधिमा खेती गर्दा आम्दानी धेरै लिन सकिने उनको भनाइ छ । नगरपालिकाले गत वर्ष वडा नं ५ र वडा नं ९ मा परीक्षणका रूपमा लगाएको फूलखेतीमा सफलता पाएसँगै यो वर्ष बाँझो एवं प्रयोगविहीन अवस्थामा रहेका आफ्नो जग्गामा खेती गरेर आम्दानीको स्रोत बढाउन र स्थानीय किसानलाई प्रोत्साहन जगाउन सहयोग पुग्ने लक्ष्य लिएको छ । सोही अभियानअन्तर्गत वडा नं ५ को कार्यालय पनि फूलबाट लाभ लिन व्यावसायिक खेती सुरु गरेको वडाध्यक्ष लिलानाथ न्यौपानेले जानकारी दिए । उनको अनुसार वडा नं ५ ले कार्यालय परिसरमा रहेका बाँझो एवं खाली जग्गामा यो वर्षदेखि व्यावसायिक फूलखेती सुरु गरेको हो ।