२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटक आगमन १५ प्रतिशत वृद्धि गर्ने लक्ष्य राख्दै बोर्डद्वारा नयाँ बजेट निर्माण

अ+ अ-

काठमाडौँ । नेपाल पर्यटन बोर्डले पर्यटक आगमन १५ प्रतिशत वृद्धि गर्ने लक्ष्य राख्दै नयाँ बजेट निर्माण गरेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा बोर्डले यस्तो लक्ष्य राखेको जनाएको छ । साथै, पर्यटकबाट हुने आयमा समेत कम्तीमा १५ प्रतिशतको वृद्धि हासिल गर्ने लक्ष्य छ ।

चालु आव कम्तीमा ५० स्रोत बजारमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने बोर्डले जनाएको छ ।

यसले नेपाललाई एक आकर्षक र सुरक्षित गन्तव्यका रूपमा स्थापित गर्ने बोर्डको भनाइ छ । यस आवमा पर्यटन व्यवसायमा ५ हजार जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

कम्तीमा २५ नयाँ पर्यटकीय पूर्वाधारको संरक्षण गर्नेसमेत बोर्डले जनाएको छ । यस वर्ष बोर्डको सेवा विस्तार गर्न प्रादेशिक कार्यालय खोलिने भएको छ ।

बोर्डले १ अर्ब ५९ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यसमध्ये पर्यटक आगमनबाट हुने आम्दानी पर्यटन सेवा शुल्क गत आवको तुलनामा ३२ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । जसमार्फत बोर्डले १ अर्ब १३ करोड आम्दानीको लक्ष्य राखेको छ । यो बोर्डको आम्दानीको मुख्य स्रोत हो ।

यसबाहेक टिम्स सेवा शुल्कबाट ९ करोड, निजी क्षेत्रको सहभागिताबाट उठ्ने ८ करोड ४४ लाख, बोर्डको बचत १९ करोड ८५ लाख र टिम्स बचत २ करोड २० लाख जोडेर बोर्डले बजेट सार्वजनिक गरेको हो ।