२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग परिसंघमा १९ समिति गठन

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग परिसंघले क्षेत्रगत रूपमा काम गर्ने गरी विभिन्न १९ समिति, काउन्सिल, फोरम गठन गरेको छ ।

परिसंघले गठन गरेका समितिमा उद्योग समिति, राजस्व समिति, मेक इन नेपाल स्वदेशी समिति, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति, पूर्वाधार समिति, बैंकिङ तथा फाइनान्स समिति, पर्यटन समिति, कृषि तथा म्याप समिति, प्रदेश तथा जिल्ला समन्वय समिति, सदस्यता समिति, उत्पत्तिको प्रमाणपत्र समिति, शिक्षा तथा सिप समिति र स्वास्थ्य परिषद् छन् ।

यसैगरी रोजगारदाता परिषद्, ऊर्जा विकास परिषद्, सूचना प्रविधि परिषद्, सीइओज् फोरम, महिला नेतृत्व फोरम र स्टार्टअप तथा युवा उद्यमी मञ्च गठन गरिएको छ ।

परिसंघले समिति सभापति तथा उपसभापति चयन समेत गरेको छ । आइतबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले गठित समिति, काउन्सिल तथा फोरमका सभापति तथा उपसभापतिलाई मनोनयन पत्र प्रदान गरे ।

उक्त अवसरमा अध्यक्ष पाण्डेले सरकार एवं नियामक निकायलाई स्पष्ट नीतिगत सुझाव दिन, उद्यमीहरूको प्रवर्द्धन गर्दै मुलुकको समग्र आर्थिक विकासका लागि समितिहरूले जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरे । समितिहरूको सहयोगमा परिसंघले आगामी दुई वर्ष प्रभावकारी रूपमा काम गर्ने उनले बताए ।

उद्योग समिति सभापतिमा राहुल अग्रवाल र उपसभापतिमा गुरु अधिकारी, राजस्व समिति सभापतिमा गोपाल अग्रवाल, उपसभापतिमा दीपककुमार अग्रवाल र शेषमणि दाहाल मनोनयन भएका छन् ।

त्यस्तै कृषि तथा म्याप समिति सभापतिमा हितेश गोल्छा, मेक इन नेपाल स्वदेशी समिति सभापतिमा प्राशी अग्रवाल, उपसभापतिमा विदुषी राणा, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति सभापतिमा चन्द्र टण्डन र उपसभापतिमा वर्ण न्यौपाने, पूर्वाधार समिति सभापतिमा रामकृष्ण खतिवडा र उपसभापतिमा वसन्त चन्द चयन भएका छन् ।

बैंकिङ तथा फाइनान्स समिति सभापतिमा वरुणकुमार तोदी, पर्यटन समिति सभापतिमा पम्फा धमला, उपसभापतिमा अशोक पोखरेल र रोमी अर्याल, प्रदेश तथा जिल्ला समन्वय समिति सभापतिमा लेखराज पोखरेल र उपसभापतिमा पवनकुमार शारडा, सदस्यता समिति सभापतिमा गौरव शारडा, उत्पत्तिको प्रमाणपत्र समिति सभापतिमा आकाश गोल्छा, शिक्षा तथा सिप समिति सभापतिमा आशिष जजोडिया, उपसभापतिमा यश अग्रवाल, स्वास्थ्य समिति सभापतिमा मनिष खेम्का र उपसभापतिमा आशिष अग्रवाल चयन भएका छन् ।

यसैगरी रोजगारदाता परिषद् सभापतिमा ध्रुव रिजाल, ऊर्जा विकास परिषद् सभापतिमा आशिष गर्ग, उपसभापतिमा सञ्जीव न्यौपाने, सूचना प्रविधि परिषद् सभापतिमा सञ्जय गोल्छा, सीइओज् फोरम सभापतिमा हरकिरत सिंह बेदी, महिला नेतृत्व फोरम सभापतिमा विदुषी राणा, उपसभापतिमा आश्रयता कार्की, स्टार्टअप तथा युवा उद्यमी मञ्च सभापतिमा अनुराग गोयल र उपसभापतिमा आशिष अग्रवाल चयन भएका छन् ।