काठमाडौँ। पछिल्लो समय थाइल्याण्डबाट नेपाललाई ट्रान्जिट बनाउँदै लागु औषध गाँजा तस्करी हुने गरेको पाइएको छ ।
लागु औषध नियन्त्रण ब्युरोको तथ्यांक अनुसार पछिल्लो एक आर्थिक वर्षमा थाइल्याण्डबाट आएको २०७ किलो गाँजा बरामद भएको छ । यसरी थाइल्याण्डबाट नेपाल भित्रिएर उक्त गाँजा भारत जाने गरेको ब्युरोले बताएको छ ।
थाइल्याण्डको गाँजा उच्च गुणस्तरको भएकाले तस्करी हुने गरेको ब्युरोका अधिकारीहरूले बताएका छन् ।
त्यसैगरी पछिल्लो एक आर्थिक वर्षमा ब्युरोले लागु औषध कोकिन १८ किलो ९१९ ग्राम बरामद भएको छ । हेराइन २५ किलो २३७ ग्राम, अफिम २८ किलो एम्फेटामाइन २७२ ग्राम बरामद गरेको छ ।
ब्युरोले आर्थिक वर्ष २०८१/८२ मा लागु औषधका १ हजार १३२ मुद्दा चलाएको छ । यो आर्थिक वर्षमा १ हजार ६७५ जना पक्राउ परेको ब्युरोले बताएको छ ।







