२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. बाबुराम भट्टराईले भने-‘हायु परिवार भौँतारिनु गम्भीर मानवीय संकट’ 

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सिन्धुलीका लोपोन्मुख हायु जातिका मानिस थातथलो छाडेर भौँतारिनु गम्भीर मानवीय संकट भएको बताएका छन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ का उर्मिला हायुको १६ जनाको परिवार आफ्नो थातथलो छाडेर केही सम्पर्कविहीन भएपछि सञ्चारमाध्यममा समाचार प्रकाशन भएको थियो ।

प्रहरीले खोजी गर्दै जाँदा उनीहरू सोमबार पोखरामा भेटिएका थिए ।

सोही सन्दर्भमा डा. भट्टराईले लोपोन्मुख हायु समुदायले थातथलो छाडेर अन्यत्र गएको विषयलाई मानवीय संकटका रूपमा लिएर राज्य, राजनीतिक दल र सचेत नागरिकहरूले आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमा पोस्ट गर्दै डा। भट्टराईले लोपोन्मुख, संविधानमा अति सीमान्तकृत, सीमान्तकृत जातिहरूलाई विशेष संरक्षित वा स्वायत्त क्षेत्रको व्यवस्था गर्ने उल्लेख भए पनि कानून बन्न नसकेको गुनासो गरेका छन् ।

पटक पटक सरकारमा बसेर पनि त्यस सम्बन्धमा कानून नबनाउने र बनेको कानून पनि कार्यान्वयन नगर्नेहरूप्रति उनले आक्रोश पोखेका छन् ।

सदियौँदेखि नेपालभित्र बस्दै आएका र लोपोन्मुख बन्दै गएका हायु जातिले ठुला दल र नेतृत्वको गैरजिम्मेवारपूर्ण विभेदकारी रवैयाले दुःखद नियति व्यहोर्नु परेको डा. भट्टराईले उल्लेख गरेका छन् ।

राज्यले लोपोन्मुख जाति र समुदायको संरक्षण र संवर्द्धनमा ठोस कदम नचाले अरूले पनि यस्तै अवस्था व्यहोर्नुपर्ने उनको विश्लेषण छ ।

‘राज्यमा हालीमुहाली गर्दै आएकाहरूको यस्तै अपराधिक उपेक्षा कायम रहने हो भने अरु लोपोन्मुख जाति कुसुन्डा, राउटे, किसान, मेचे, वनकरिया, सुरेल, राजी, लेप्चा, कुसवाडियाहरूले पनि यस्तै दुरावस्था खेप्नुपर्नेछ । त्यसरी नै राज्य स्वयंले वर्गीकरण गरेको  अति सीमान्तकृत जाति चेपाङ, थामी, सतार, माझी, बरामो, दनुवार, झागडहरू र सीमान्तकृत जाति सुनुवार, राजवंशी, थारू, दुरा, कुमाल, दराई लगायतको भविष्य पनि यस्तै दर्दनाक हुनसक्छ’, डा. भट्टराईले लेखेका छन् ।

राज्यको नेतृत्व गर्ने र पालो कुर्नेहरुले उनीहरूको संवैधानिक र कानूनी दायित्व पूरा गर्न उनको आग्रह छ । ‘ अतस् राज्यको नेतृत्व गर्ने र पालो कुर्नेहरूले क्षमायाचना सहित तुरुन्त यी भूमिपुत्र/पुत्रीहरूप्रतिको संवैधानिक र कानूनी दायित्व पूरा गरून्, नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन’, उनले भनेका छन् ।