२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सैनिक कल्याणकारी कोषले सामाजिक र विकासका काममा थप योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक कल्याणकारी कोषले कल्याणकारी कार्यक्रममार्फत सामाजिक कार्य र विकासको साझा गन्तव्यमा थप योगदान दिने विश्वास व्यक्त गरेका छन्।

सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आज जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा कोषका संरक्षक प्रधानमन्त्री ओलीले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा र आश्रित परिवारको हितका लागि सैनिक कल्याणकारी निर्देशनालयले कल्याणकारी कोष मार्फत सञ्चालन गरेका विविध कल्याणकारी कार्यको प्रशंसा गरे ।

संयुक्त राष्ट्रसंघको मिसनबाट आर्जित रकमबाट आफ्नै कोष खडा गरी स्थापना भएको सैनिक कल्याणकारी कोषले शिक्षा, स्वास्थ्य, परिवार आवासलगायत सामाजिक सुरक्षासँग सम्बन्धित विविध क्षेत्रमा योगदान दिई राज्यको दायित्व समेत कम गर्न महत्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्री ओलीले बताए।

“नेपाली सेनाका अवकाश प्राप्त सकलदर्जालाई क्षमता अभिवृद्धि तथा स्वावलम्बनका कार्यक्रम मार्फत सेवा निवृत्त भएपश्चात् समेत ससम्मान जीवन व्यतीत गर्न यस कोषले विशेष योगदान दिँदै आएको छ ।’’, प्रधानमन्त्री ओलीले भने, “नेपाल अहिले विकास र समृद्धिको यात्रामा अघि बढिरहेको छ । हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्यमा सक्रिय छौँ । सरकारको विकास र उत्पादन मुलुक काम यसले लगानी गर्न सक्नेछ । यस अवस्थामा कोषको दिगोपनाका लागि मेरो तर्फबाट थप पहल हुनेछ ।’

उनले कोषद्वारा सञ्चालित शिक्षण संस्थाहरूको नतिजालाई अध्ययन गर्दा समेत गुणस्तरीय शिक्षा प्रदान गर्नमा अब्बल रहेकोमा खुसी व्यक्त गर्दै सैनिक महाविद्यालय/विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा ख्याति प्राप्त गरेको उदाहरणप्रति सन्तोष व्यक्त गरे। 

उनले नेपाली सेनाले कल्याणकारी कार्यक्रमहरूको समयानुकूल पुनरावलोकन, पहुँच विस्तार र गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राखी अझ सहज रूपमा सेवा तथा सुविधा उपलब्ध गराउँदै लैजाने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कोषको स्थापना र सञ्चालनमा योगदान दिने अगुवाहरूलाई सम्मान प्रदान गरेका छन् ।