२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिङ्देनका स्वकीय सचिवले राप्रपाका प्रदेश सभा उम्मेदवार गैरेलाई कुटे

अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले पाल्पाका राजु गैरेमाथि हेल्मेट प्रहार गरेका छन् ।

गत निर्वाचनमा पाल्पामा प्रदेश सभातर्फ क्षेत्र नम्बर–२ (ख) राप्रपाका उम्मेदवार बनेका गैरेले सामाजिक सञ्जालमा अध्यक्षविरुद्ध लेखेको भन्दै कडायतले हेल्मेटले हानेका हुन् ।

बुधबार केही साथीहरूसँगै विशालनगरमा चियागफ गरिरहेको बेला गैरे भएकै ठाउँमा पुगेर कडायतले हेल्मेटले हानेका हुन् ।

साथीहरूसँगै बसेको उनलाई केही पर छुट्टै लगेर कडायतले हेल्मेटले प्रहार गरेका हुन् ।

कडायतले आफूमाथि कुटपिट गरेको भिडियो गैरेले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । न्याय नपाए पार्टी कार्यालयमा पासो लगाएर मर्ने चेतावनी समेत उनले दिएका छन् ।

‘दोषीलाई बचाउन र वार्ताका लागि कसैले प्रयास नगरोस यो ज्यान मार्न आउनेलाई वार्ताले उन्मुक्ति दिन सकिँदैन,’ गैरेले लेखेका छन्, ‘राजनीतिक शक्तिको दममा चलखेल नगरियोस् । बचाउने कोसिस नगरियोस्, भगाउने कोसिस नगरियोस् । यही पार्टीकै कारण म सबै गुमाई सकेको मान्छे पार्टीकै कारण ज्यान दिनपर्‍यो भने भने पनि मलाई कुनै आपत्ति छैन ।’

राप्रपामा १८ वर्ष योगदान दिएको कारण स्वरूप ‘धार्मिक उपहार’ पाएको उनले लेखेका छन् ।

गैरेले अध्यक्ष लिङ्देनतर्फ संकेत गर्दै झापाको छुर्पी ग्याङ चलाए जस्तो पार्टी चलाउन नभएको उनले लेखेका छन् ।

लिङ्देनलाई उनले भनेका छन्, ‘अध्यक्षज्यू, वैचारिक तर्क मन नै नपर्ने तपाईँ, तपाईँको कार्यशैलीको विषयमा बोल्नै नपाइने, तपाईँको गुणगान गाउने र चाकरी गर्ने मात्र तपाईँको नजरमा पाटी कार्यकर्ता हुने अरू सबै तपाईँका दुस्मन ?’