२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीपी राजमार्ग बनाउन जापानसँग २.६१ अर्ब अनुदान सहायता लिने

अ+ अ-

काठमाडौँ । एक वर्षअघि बाढीले भत्काएको बीपी राजमार्ग बनाउन जापानसँग सरकारले २.८ अर्ब येन (२ अर्ब ६१ करोड नेपाली रुपैयाँ) अनुदान सहायता लिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीले भत्काएको बीपी राजमार्गको सिन्धुली खण्ड बनाउनका लागि जापानसँग अनुदान सहायता लिने निर्णय गरेको हो ।

२०८१ असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइसकिएको छ ।

भकुण्डेबेंसीदेखि नेपाल थोकसम्म बाढीले क्षति गरेको ३०.५ किमिमा दुई लेन सडक निर्माण गर्न लागिएको हो । अहिले काभ्रेतर्फ दुई र सिन्धुलीतर्फ एकसहित तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ ।

दुवै ठेक्काको सम्झौता गत असारमा भएको र सम्झौता भएको मितिले दुई वर्षभित्र काम सकिसक्नुपर्ने सडक विभागले जनाएको छ । यही राजमार्गको ५ किमि खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले काम गर्ने भनेर विभागले यसबाहेकको खण्डमा मात्र ठेक्का आह्वान गरेको थियो ।

पछि जाइकाले पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किमि सडक बनाउन तयार भएको हो, जुन खण्डको अहिले जाइकामार्फत फाइनल सर्भेको काम भइरहेको छ । उक्त खण्ड जापान सरकारको अनुदानमा बन्न लागेको हो ।