२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमानी कोषले ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ अभियान सुरु गर्दै

अ+ अ-

काठमाडौँ । हिमानी कोषले इन्टरनेशनल क्लबसँगको सहकार्यमा युवाहरूलाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ।

‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रम आगामी शनिबार (साउन १७ गते) सानेपास्थित इन्टरनेशनल क्लबमा हुनेछ।

कोषकी सदस्य(सचिव शुभेच्छा शाहद्वारा जारी विज्ञप्तिअनुसार, कार्यक्रमको मुख्य उद्देश्य आफ्नो मातृभूमिप्रति दायित्वबोध गरी नेपालमै केही गर्न चाहने युवाहरूलाई सल्लाह, सुझाव र अवसर प्रदान गर्नु रहेको छ।

विदेशबाट फर्किएका वा स्वदेशमै रहेर उद्यम, व्यवसाय गर्न चाहने नव(उद्यमीहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गर्न लागिएको उनले जनाइन्।

उनका अनुसार कार्यक्रमको महत्त्वपूर्ण पक्ष नयाँ उद्यमीहरूलाई आर्थिक सहायता प्रदान गर्न ‘माइक्रो-सिडिङ रिभल्भिङ फन्ड’ (लघु(बीज घुम्ती कोष) को स्थापना गर्ने लक्ष्य राखिएको छ। यस कोषमार्फत युवा उद्यमीहरूलाई आफ्नो व्यवसाय सुरु गर्न प्रारम्भिक पुँजी उपलब्ध गराइने कोषले जनाएको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार कार्यक्रममा विभिन्न क्षेत्रका स्थापित उद्योगी(व्यवसायीहरूको सहभागिता रहनेछ। साथै, सहभागीहरूका लागि विभिन्न व्यावसायिक स्टलहरू र मनोरञ्जनात्मक खेलहरूको समेत आयोजना गरिनेछ।

कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह, कोषकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाह लगायत पूर्व राजपरिवारका अन्य सदस्यहरूको पनि सहभागिता रहने बताइएको छ।