काठमाडौँ । कपिलवस्तुमा नुहाउन गएका दुई बालकको खोलामा डुबेर मृत्यु भएको छ ।
बिहीबार साँझ कपिलवस्तु नगरपालिका-१० स्थित बिकुली खोलामा नुहाउने क्रममा बाणगंगा नगरपालिका(५, कोपवाका ११ वर्षीय वापस चौधरी र १० वर्षीय निशान चौधरीको मृत्यु भएको हो ।
खोलामा नुहाउने क्रममा बिहीबार साँझ उनीहरूको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा दुवै जनाको शव निकालिएको प्रहरीको भनाई छ । प्रहरी निरीक्षक जिसीका अनुसार मृतक दुवै किशोरको शव पोस्टमार्टमका लागि पिपरा अस्पताल पठाइएको छ ।







