२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नागरिकलाई महसुस हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार हुन सकेको छैन’: मन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई महसुस हुने गरी अझै पनि स्वास्थ्य क्षेत्रमा सुधार हुन नसकेको बताएका छन् ।

‘परिवर्तन नेपाल’ संस्थाको दोस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य क्षेत्रको विकासका लागि नीतिगत सुधारको थालनी गरेका छौँ, अबको एक वर्षभित्र हामीले गरेको नीतिगत सुधारले जनतालाई स्वास्थ्य क्षेत्रमा अनुभूति दिलाउनेछ ।” 

वर्तमान सरकारले थालनी गरेका कुरा पूरा हुँदा आम नागरिकले स्वास्थ्य क्षेत्रमा सुधारिएको अनुभूति गर्ने मन्त्री पौडेलले उल्लेख गरे । 

मुलुकमा सुशासनको समस्या भएकाले यसका लागि निर्मम ढंगले काम गर्नुपर्ने अवस्था रहेको उनले बताए । सुशासनको अनुभूति नभएका कारण जनतामा निराशा छाएको उनको भनाइ थियो । विद्यालय तहमा स्वास्थ्य शिक्षा अनिवार्य गरिनुपर्ने उल्लेख गर्दै मन्त्री पौडेलले स्वास्थ्य बिमाको दायरा रु. एक लाखबाट रु. दुई लाख पुर्‍याए पनि नागरिकको योगदानमा आधारित बिमा प्रणालीको विकास गर्नुपर्ने अवस्था रहेको बताए ।

समाजलाई सक्रिय बनाउन परिवर्तन नेपालले खेलेको भूमिका सराहनीय रहेको उनले बताए । परिवर्तन नेपालले मुलुकको शिक्षा, स्वास्थ्य र सामाजिक जागरणका क्षेत्रमा गरेको काम उदाहरणीय रहेको उनको भनाइ थियो ।