२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हलेसीबाट फर्केको माइक्रो बस दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते

अ+ अ-

काठमाडौँ । खोटाङको हलेसी दर्शन गरेर फर्कँदै गरेको माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

मध्य पहाडी लोक मार्गअन्तर्गत जयरामघाट-हलेसी सडक खण्डको कदुवास्थित डौँठेखोला नजिकै मधेस प्रदेशको सिराहातर्फ जाँदै गरेको प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको माइक्रो सोमबार बिहान दुर्घटनामा परेको खोटाङ प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउने र घाइते कसैको नाम ठेगाना अहिलेसम्म खुलेको छैन ।

माइक्रोमा सवार १६ यात्रुमध्ये मृतकबाहेक २ जना सामान्य र बाँकी सबै घाइते भएको बताइएको छ । घाइतेहरूको जयरामघाट चौकी, हलेसीस्थित इलाका र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उद्धार गरी उपचारार्थ अस्पताल पठाइएको छ।

सडकबाट झण्डै २ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको माईक्रोबस अझै घटनास्थलमै रहेको प्रत्यक्षदर्शीले बताएका छन् । पहाडी भूगोल भए पनि बुट्यान र झाडी भएकाले माइक्रोका यात्रुमा कम क्षति भएको अनुमान गरिएको छ । अन्यथा ठूलो मानवीय क्षति हुनसक्ने स्थानीयको अनुमान छ ।

उनीहरूको स्थायी ठेगाना खुल्न बाँकी रहे पनि सिराहा, सर्लाही तथा भारतीय नागरिकसमेत हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।