२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री दाहालले भने ‘यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाऔँ’

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनसम्बन्धी सोमबार आयोजित कार्यक्रममा उनले प्रविधिमा आएको विकास र परिवर्तनबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए ।

छिटोछरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन नवीन प्रविधि र शैलीलाई अनुसरण गर्नुपर्ने मन्त्री दाहालको भनाइ छ ।

अब परम्परागत रूपबाट मात्र काम गरेर स्तरीय सेवा प्रवाह गराउन सकिने अवस्था नरहेको भन्दै मन्त्री दाहालले प्रविधिमा आएको विकास र रूपान्तरणलाई उपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।

यातायात व्यवस्थापनका लागि कुनै एक मन्त्रालय र निकायको पहल र प्रयास मात्र पर्याप्त नहुने भन्दै मन्त्री दाहालले अन्तरनिकाय सम्बन्ध र सहकार्यलाई बढाउनु आवश्यक रहेको बताए ।

मन्त्री दाहालले नेपालको विभिन्न क्षेत्रको विकासमा जापानी सहयोग नियोग (जाइका) तथा दातृनीकायहरूले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहयोग र सहकार्य रहने विश्वास व्यक्त गरे ।

जाइकाका नेपाल प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाललाई सहयोग गर्न पाउँदा जापान खुसी रहेको र आगामी दिनमा सहयोग निरन्तर रहने बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालका अनुसार जाइकाले तीन वर्षभन्दा लामो समय लगाएर काठमाडौँको सहरी यातायात व्यवस्थापनका बारेमा अध्ययन गरेको हो । ट्राफिक लाइट तथा इन्टरसेक्सन व्यवस्थापनलगायत बारेमा जाइकाले विभिन्न गाइडलाइनसहित सुझाव दिएको छ ।