काठमाडौँ । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि प्रक्रिया पूरा गरेर उनी आजै निस्कने तयारीमा रहेका छन् ।
सोमबार साँझ अदालतबाट आदेश सुनेर उनलाई डिल्लीबजार कारागार ल्याइएको छ । प्रसाईँलाई स्वागत गर्न उनका समर्थकहरूको भीड रहेको छ ।
प्रसाईँलाई अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।







