काठमाडौँ। उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै निस्किन लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई लिन नेपाली काँग्रेसका सांसद सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका छन् ।
सोमबार अदालतले दिएको आदेशपछि प्रक्रिया पूरा गरेर प्रसाईँ रिहा हुने तयारीमा छन् ।
यसैबीच प्रसाईँलाई लिन शर्मा कारागार पुगेका हुन् ।






