२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोइलाबास भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

अ+ अ-

दाङ । दाङको एक मात्र कोइलाबास भन्सारले लक्ष्यभन्दा झण्डै रु. १० लाख बढी राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ का लागि रु एक करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले रु. एक करोड ७२ लाख राजस्व संकलन गरेको भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए संकलित राजस्वमध्ये मुद्दाबाट रु. १५ लाख एक हजार असुल भएको र बाँकी अस्थायी पैठारीबाट संकलन भएको उनले बताए ।

भारतबाट कोइलाबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने नागरिकले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको प्रमुख विष्टले बताए ।

व्यावसायिक रूपमा यो नाका धेरै चलनचल्तीमा छैन । यहाँ सवारीसाधनबाट नै बढी कर उठ्ने गर्छ । कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रूपमा चिनिएको छ ।

कार्यालयले गत वर्ष साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य लिएकामा रु नौ लाख २३ हजार मात्र उठेको थियो । भदौमा रु. १३ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु. ६ लाख १९, असोजमा रु. १३ लाख २६ हजारमध्ये रु. सात लाख आठ हजार, कात्तिकमा रु. १२ लाख ८९ हजार लक्ष्य लिएकाका रु. नौ लाख १३ हजार तथा मङ्सिरमा रु. १३ लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु आठ लाख ९१ हजार संकलन भएको प्रमुख विष्टले जानकारी दिए।

यसैगरी पुसमा रु. १३ लाख २५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु. ३० लाख ४६ हजार, माघमा रु. १२ लाख ५४ हजार लक्ष्य लिएकामा रु. १२ लाख ४९ हजार, फागुनमा रु १४ लाख ४४ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु. ११ लाख, चैतमा रु १४ लाख ४३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु. १० लाख ३२ हजार, यसै वर्ष वैशाखमा रु १३ लाख ८८ हजारमध्ये रु नौ लाख ८७ हजार, जेठमा रु. १५ लाख ३३ हजारमा रु. २३ लाख ४३ हजार तथा असारमा १४ लाख १७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु. १९ लाख ६४ हजार संकलन भएको थियो ।