१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री लेखकले भने-‘संसदीय समितिले पास गरिसकेको कुरा नियतवश परिवर्तन अक्षम्य’

अ+ अ-

काठमाडौँ । संसदीय समितिले पारित गरेको कुरा नियतवश परिवर्तन गर्नु अक्षम्य भएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

संघीय निजामती विधेयकमा राखिएको दुई वर्षको ‘कुलिङ अफ पिरियड’ को व्यवस्था खण्डित हुने प्रावधान राखिएको सम्बन्धमा छानबिन गर्न गठित विशेष संसदीय समिति समक्ष गृहमन्त्री लेखकले उक्त कुरा बताएका छन् ।

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिले सभामुखलाई मंगलबार प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनमा गृहमन्त्री लेखकले समितिसमक्ष राखेका धारणा उल्लेख छन् ।

राज्यव्यवस्था समितिले निजामती सेवा र अन्य सरकारी सेवाबाट राजीनामा वा अनिवार्य अवकाशमा गएका कर्मचारीले २ वर्षसम्म संवैधानिक, सरकारी, कूटनीतिक नियुक्ति नपाउने कुलिङ अफ पिरियड को व्यवस्था राखेको थियो । उक्त व्यवस्थाविरुद्ध मुख्यसचिव, सचिवहरू लागेका थिए । समितिको प्रतिवेदन लेखनको क्रममा उक्त व्यवस्था खण्डित हुने प्रावधान पनि राखिएको थियो । त्यसरी उक्त व्यवस्था राख्नु गम्भीर रहेको गृहमन्त्री लेखकले बताएका छन् ।

गृहमन्त्री लेखकले भनेका छन्, ‘यस विषयमा योचाहिँ त्रुटि भयो जसका लागि छानबिन गरिरहनु भएको छ । यो मनसायपूर्वक वा मानवीय त्रुटि हुनसक्छ अथवा मनसायपूर्वक कसैले गरेको पनि हुनसक्छ । यो ड्राफ्टिङ गर्ने जिम्मा कसको हो रु यो त्रुटिलाई दुई वटा कुरा गर्नुपर्‍यो एउटा कस्तो प्रकृतिको र प्रकारको हो भन्ने छुट्टाउनु पर्‍यो र तदनुरूप जानुपर्‍यो । कसैको मनसायपूर्वक कसैको नियतले भएको छ भने अत्यन्तै सिरियस कुरा हो । एउटा पार्लियामेन्ट्री कमिटीले पास गरिसकेको कुरा नियतवश परिवर्तन गरेको हो भने अक्षम्य कुरा नै हो । त्यसलाई त्यही ढंगले हेर्नुपर्छ ।’