२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शान्ति सुरक्षासहित राजस्व संकलनमा उल्लेखनीय सफलता’

अ+ अ-

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गत आर्थिक वर्ष २०८१/८२ मा नौ हजार चार सय ६१ वटा मुद्दा दर्ता भई छ हजार एक सय ६९ वटा फर्छ्यौट भएको जनाएको छ । 

यसैगरी यही २०८२ वैशाखदेखि साउन १५ गतेसम्म दुई हजार तीन सय वटा मुद्दा दर्ता भई सात सय ७८ वटा फर्छ्यौट भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा नौ हजार तीन सय ८७ मुद्दा दर्ता भई पाँच हजार ६९५ वटा फर्छ्यौट भएको थियो ।

गत आर्थिक वर्ष २०८१/८२ मा अदालतबाट कैद फैसलाको सजाय भएका तीन हजार पाँच सय १३ जना फरार अभियुक्तलाई पक्राउ गरी रु १४ करोड ७७ लाख ५४ हजार राजस्व संकलन गरेको प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ४७ दशमलव ३४ प्रतिशत बढी फरार अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको छ । प्रहरी नायब महानिरीक्षक कार्कीले प्रदेशभित्रको शान्ति सुरक्षासहित सुव्यवस्था एवं अमनचयन कायम गर्न सक्दो प्रयास गरिरहेको र उल्लेखनीय सफलता प्राप्त भएको जानकारी दिए । 

कोशी प्रदेशमा गत आर्थिक वर्ष भन्सार चोरी निकासीबाट रु २० करोड चार लाख २० हजार, अवैध रकमबाट रु ६३ लाख ३५ हजार, हुण्डी कारोबारबाट रु एक करोड पाँच लाख ३३ हजार, प्राकृतिक सम्पदा नदीजन्य पदार्थबाट रु २३ लाख ७३ हजार, काठ बरामदबाट रु ३९ लाख, फैसला कार्यान्वयनबाट रु १४ करोड ७७ लाख ५४ हजार र ट्राफिक जरविनाबाट रु १६ करोड २९ लाख ७१ हजार राजस्व संकलन भएको छ ।

भन्सार चोरी निकासी तथा पैठारीमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ६१ दशमलव ९५ प्रतिशत र अवैध रकम बरामदतर्फ १९२ प्रतिशतले वृद्धि भएको प्रदेश प्रहरी कार्यालयले स्पष्ट गरेको छ ।

यसैगरी, कोशी प्रदेशमा कूल पाँच हजार ६२६ सवारी दुर्घटना भई चार सय १८ जनाको मृत्यु र नौ हजार दुई सय ४९ जना घाइते भएको नायब प्रहरी महानिरीक्षक कार्कीले जानकारी दिए। चेतनामूलक कार्यक्रमसहित प्रहरीको सक्रिय अनुगमनका कारण कोशी प्रदेशमा अघिल्लो वर्षको तुलनामा छ दशमलव आठ प्रतिशतले आत्महत्याको दर घटेको पनि प्रहरीले जनाएको छ ।