२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गाईजात्रा महोत्सव २०८२’ राष्ट्रिय नाचघरमा सुरु, पर्यटन मन्त्री पाण्डेले गरे उद्घाटन

अ+ अ-

काठमाडौँ । ‘गाईजात्रा महोत्सव २०८२’ सुरु भएको छ । सांस्कृतिक संस्थानको आयोजनामा सुरु भएको साताव्यापी महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेका छन् ।

सरकारी स्तरबाट राष्ट्रिय नाचघर जमलमा सुरु भएको दोस्रो गाईजात्रा महोत्सव उद्घाटनपछि मन्त्री पाण्डेले संस्कृति संरक्षणको चुनौतीका बीच आयोजना भएको गाईजात्रा महोत्सव आफैँमा महत्त्वपूर्ण रहेको बताए ।

मन्त्री पाण्डेले महोत्सवले संस्कृतिको संरक्षण गर्दै नयाँ जागरणका लागि आशाको सञ्चार गर्ने विश्वास व्यक्त गरे । अझै नयाँ ढङ्गले यस्ता कार्यक्रमलाई अघि बढाउन आग्रह गर्दै उनले महोत्सवलाई संस्कृतिको संवर्द्धनका साथै उत्पादनमैत्री पनि बनाउनुपर्नेमा जोड दिए ।

गाईजात्रा महोत्सवमा सामाजिक र राजनीतिक पक्षका विषयमा हुने कलाकारका व्यंग्यले मानिसलाई रूपान्तरित हुनका लागि प्रेरणा दिने पनि मन्त्री पाण्डेको भनाइ थियो । उनले यसरी प्रस्तुति दिँदा अभिव्यक्ति स्वतन्त्रतालाई अतिरञ्जित गर्न नहुनेमा सचेत गराए ।

संस्थानका महाप्रबन्धक किरणबाबु पुनले डिजिटल युग तथा वैश्वीकरणको प्रभावले समाजमा विकृति, विसङ्गति बढ्नाका साथै नेपाली संस्कृति नै संकटमा पर्ने खतरा बढेको परिवेशमा संस्थानले नेपालका सम्पूर्ण सांस्कृतिक चाडपर्व विशेष कार्यक्रम प्रस्तुत गर्दै आइरहेको बताए ।

नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू)लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य(मान्यताअनुरूप उत्सवका रूपमा मनाउन ‘गाईजात्रा महोत्सव २०८२’ सुरु गरिएको र यही साउन ३१ गतेसम्म जारी रहने जानकारी दिए ।

“बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताभित्र एकता भएको राष्ट्र हो नेपाल । पहिचान रक्षार्थ संस्कृतिभित्रको प्रमुख अवयव सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणसहित उत्पादनमा जोड दिने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरिएको हो’ पुनले भने ।

संस्थानले गत वर्षदेखि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समेटेर गाईजात्रा महोत्सव गर्ने परम्पराको थालनी गरेको थियो । सोहीअनुरूप यो दोस्रो कार्यक्रम हो ।

यसपालिको महोत्सवमा संस्थानका गायन, वादन, नृत्य र नाटक सम्बद्ध कलाकारहरूका साथै लोकप्रिय कलाकार लक्ष्मण गाम्नांगे, सुरेन्द्र केसी (मूला साग), शिवशंकर रिजाल (जोगिन्दर), राजा राजेन्द्र पोख्रेल, हिमेश पन्त, भरतमणि पौडेल, खबपु चञ्चल मगर, सुमन कोइराला (दले दाइ), दिनेश काफ्ले (हाउडे दाइ), सन्तोष थापा, कैलाश कार्की, सुजिता श्रेष्ठ, विकास अर्याल, सरोज भण्डारी र सुयसा खनालको प्रस्तुति रहनेछ ।

संस्थानको कार्यालय र संस्थानको वेबसाइटमार्फत डिजिटल रूपमा टिकट उपलब्ध हुने र टिकट मूल्य एक हजार तथा ५०० रहेको संस्थानले जनाएको छ ।

गाईजात्रा पर्वलाई मौलिक संस्कृतिअनुरूप मनाउन र सभ्य सांस्कृतिक सन्देश सम्प्रेषणका लागि संस्थानले संस्कृतियुक्त रचनात्मक, सौन्दर्यात्मक एवम् कलात्मक कन्टेन्टलाई विशेष जोड दिने संस्थानका अध्यक्ष चन्द्रकुमार राई ‘हतुवाली’ले जानकारी दिए ।