काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले क्रिकेट खेलाडी ललित राजवंशीको आमाको निधनमा दुःख व्यक्त गरेका छन्।
मुख्यमन्त्री कार्कीले आज विराटनगर १४ स्थित राजवंशी निवासमा पुगेर दुःख व्यक्त गरेका हुन्।
उनले घरैमा पुगेर परिवारजनमा भेटघाट गरी समवेदना व्यक्त गरे। राष्ट्रिय खेलाडी राजवंशीको आमा शुभ कुमारी देवी राजवंशीको ६३ वर्षको उमेरमा निधन भएको हो।







