२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जबज स्कुल चलाएर वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारी तयार गर्छौँ’-प्रदीप ज्ञवाली

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मदन-आश्रित स्मृति प्रतिष्ठान अध्यक्ष पदको शपथ लिएका छन् ।

नवनिर्वाचित अध्यक्ष ज्ञवाली प्रधानमन्त्री एवं पार्टी अध्यक्ष तथा प्रतिष्ठानको प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष शपथ लिएका हुन् ।

पार्टी कार्यालय आयोजित कार्यक्रममा अध्यक्ष ज्ञवालीसहित उपाध्यक्ष रामेश्वर फुयाँल, सचिव मधु तिम्सिना र कोषाध्यक्ष सरोज दाहालले पनि शपथ लिए ।

शपथ लिएपछि प्रतिष्ठानले मदन(आश्रितको योगदानलाई समाजमा स्थापित गर्नको लागि ३१ वर्षदेखि काम गर्दै आइरहेको बताए ।

उनले भने, ‘उहाँहरूको विचारलाई स्थापित गर्ने अनेकौँ बाटाहरू छन्, त्यसबारेमा प्रतिष्ठानले ३१ वर्षदेखि काम गर्दै आइरहेको छ । हामी आजै बैठक बसेर प्रतिष्ठानलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्नेछौँ ।’

उनले प्रतिष्ठान चार वटा काममा केन्द्रित हुने बताए ।

उनले थपे, ‘वैचारिक कामलाई अगाडि बढाउने सिलसिलामा एमालेको केन्द्रीय स्कुल विभाग र मदन आश्रित प्रतिष्ठानको विषयमा समझदारी भएको छ । त्यहाँको एउटा भवनलाई पार्टीले जबज स्कुल चलाउने गरी पुनर्निर्माण भएको छ । विधान महाधिवेशन लगत्तै हामीले नियमित रूपमा स्कुल सञ्चालन गर्छौँ । वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारी, नेता कार्यकर्ताहरू तयार गर्ने हिसाबले प्रयोग हुन्छ ।’