२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६७.२ प्रतिशत पुग्यो दलित समुदायको साक्षरता दर

अ+ अ-

काठमाडौँ । राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन संघीय संसदमा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिवेदन प्रतिनिधि सभामा पेस गरेका छन् ।

प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालमा दलित जनसंख्या ३८ लाख ९८ हजार ९ सय ९० छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । यसमध्ये दलित जनसंख्या १३.४ प्रतिशत छ ।

कूल जनसंख्यामा ७६.२ प्रतिशतमा छ । दलित जनसंख्याको साक्षरता ६७.२ प्रतिशत छ ।

कर्णालीका दलित समुदाय सबैभन्दा धेरै निरक्षर रहेको प्रतिवेदनले देखाउँछ । कर्णालीमा दलित समुदायको साक्षरता दर ४९.१ प्रतिशत छ ।

सुदूरपश्चिममा दलित समुदायको साक्षरता दर ७२.३, लुम्बिनीमा ७३.३, गण्डकीमा ७०.०, बागमतीमा ७२.४, मधेशमा ७७.९, कोशीमा ७६.४ प्रतिशत दलित समुदायको साक्षरता दर रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार राष्ट्रिय दलित आयोगबाट नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत विभिन्न निकायहरूलाई दलित हक अधिकार सम्बन्धी नीतिगत, कानूनी र कार्यक्रमहरू तर्जुमा तथा कार्यान्वयनका लागि सिफारिस गरिएका छन् । उक्त सिफारिसहरूको कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको प्रतिवेदनको सार छ ।