२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भैरहवामा रास्वपाको २ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय दुई दिने प्रशिक्षण सुरु गरेको छ ।

पार्टीको लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबार र शनिबार चल्ने यो प्रशिक्षणलाई रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनसँग समेत जोडेर हेरिएको छ ।

प्रशिक्षणमा प्रदेशका पूर्वीरुकुम बाहेक ११ जिल्लाका जिल्ला समिति, क्षेत्रीय समिति, पालिका समिति, प्रदेश समिति र प्रदेश विभागका पदाधिकारी र सदस्य गरी तीन सय जनाभन्दा बढीको सहभागिता रहेको छ ।

प्रशिक्षणको पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै अर्यालले प्रदेशका १०९ वटै पालिकाको वडादेखि टोलसम्म संगठन विस्तार र प्रशिक्षण चलाउन निर्देशन दिएका छन् ।

प्रशिक्षणमा अर्यालसँगै उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख तथा सहमहामन्त्री विपिनकुमार आचार्य, प्रवक्ता मनिष झा, पूर्वमन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य तोसिमा कार्की, क्रान्तिशिखा धिताल लगायतले पार्टी सबलीकरण, रुपन्देही-३ को उप निर्वाचन लगायत विषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षण उद्घाटन अघि पत्रकारसँग कुरा गर्दै पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बोल्ने मञ्चको दुरुपयोग गरेको टिप्पणी गरेका छन् ।

बिहीबार संसद्‍मा आफ्नो पार्टीका नेताहरूलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति इंगित गर्दै बुर्लाकोटीले मुलुकमा सुशासन कायम गर्न समय खर्चिनुपर्ने प्रधानमन्त्रीले विपक्षीको आलोचनामै आफू बोल्ने मञ्चको दुरुपयोग गरेको बताए ।

‘प्रधानमन्त्रीले सुशासन कायम गर्न समय खर्चिनुपर्ने हो तर संसद् बैठकसहित उहाँ बोल्ने मञ्चहरू विपक्षीको आलोचनामै दुरुपयोग भइरहेको छ,’ बुर्लाकोटीले भने, ‘प्रधानमन्त्री संसद्‍मा बोल्दा कोरम नपुगेको बारे पत्रकारले प्रश्न गर्दा एमाले सांसदले मिडियालाई समाचार बनोस् भनेर कोरम नपुगेको भनेर नालायकी जवाफ दिनुभयो ।’

महामन्त्री बुर्लाकोटीले रुपन्देही ३ को उपनिर्वाचनमा स्वतन्त्र र वैकल्पिक शक्तिहरूसँग सहकार्य हुने दाबी गरे ।