२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविमा उपकुलपति रिक्त हुनु ३ महिनाअघि नै नियुक्त गर्न संसदीय समितिको निर्देशन

अ+ अ-

काठमाडौँ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले त्रिविमा पदाधिकारी रिक्त हुनु तीन महिनाअघि नै पदपूर्ति गर्न निर्देशन दिएको छ । 

समितिले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन तयार पारेको थियो ।

उक्त प्रतिवेदनमा भनिएको छ, ‘विश्वविद्यालयको उपकुलपति तथा अन्य पदाधिकारीको पद रिक्त भएमा सम्बन्धित अधिकारीले रिक्त हुनु भन्दा तीन महिना अगाडि नै अनिवार्य रूपमा त्यस्तो पदमा नियुक्ति गरी पदपूर्ति गरी सक्नु पर्ने व्यवस्था आवश्यक छ । यसबाट नयाँ आउने कुलपति र अरु पदाधिकारीहरूलाई काम गर्न सजिलो हुने ।’

समितिले त्रिविको संरचना पुनर्गठन गर्न नयाँ ऐन ल्याउन सरकारलाई सुझाव दिएको छ । ‘नयाँ संविधान जारी भैसकेको अवस्थामा संविधान बमोजिम त्रिभुवन विश्वविद्यालयको संरचना पुनर्गठन गर्न आवश्यक देखिएकोले नयाँ ऐन ल्याउन आवश्यक देखिएको छ ।’

उक्त प्रतिवेदनले पदाधिकारीहरूको पारिश्रमिक, सेवा, सर्त तथा सुविधाहरू नियममा उल्लेख गर्नुपर्नेमा नियममा तोकिए बमोजिम उल्लेख गरी विनियमहरूमा आफ्नो पारिश्रमिक, सेवा, सर्त तथा सुविधाहरू आफै तोकी बनाउनु विधिसम्मत नभएको औँल्याएको छ। सेवा सुविधाको विषय नियममा नै तोक्नु समितिले सुझाव दिएको छ ।

त्रिभुवन विश्वविद्यालयलाई आर्थिक भार पर्ने गरी कर्मचारी कल्याण कोष, औषधि उपचार कोष, कर्मचारी सापटी कोष जस्ता कोषहरू विनियम बनाई स्थापना गरिएको देखिएकोले यस्ता कोषहरू विनियममा नराखी ऐनबाट व्यवस्था गर्न समितिले भनेको छ।

नियम बनाउनु पर्ने विषयहरू त्रिविले विनियम, निर्देशिका कार्यप्रणाली बनाएको निष्कर्ष समितिको छ। ‘नियमलाई विनियम वा अन्य तोकिए बमोजिम भनी पुनः प्रत्यायोजन गर्ने अधिकार नभए पनि त्रिभुवन विश्वविद्यालयका ३५ वटा विनियम, १६ वटा कार्यविधि, १७ वटा निर्देशिका र १९ वटा कार्यप्रणाली त्यही आधारमा कार्यकारी परिषद्ले बनाई लागू गरेको अवस्था छ,’ प्रतिवेदनमा भनिएको छ ।