२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षमान पुनको टिप्पणी : ‘केही सांसद संसदमा एक शब्द पनि नबोली पूरै कार्यकाल बिताउँछन्’

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पुराना दलले कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन्।

पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै पुराना दलले कमजोरी स्वीकारेर सच्चिन तयार भए जनतामा बढ्दै गएको निराशा घट्ने बताए।

सरकार हाबी हुने प्रवृत्तिका कारण संसद्मा उठ्ने जनताका आवाज कमजोर भएको बताए। संसद् सत्तापक्षको संख्याको छायाँमा परेको भन्दै प्रतिपक्षले उठाएका जनताका आवाजलाई सत्तापक्षले पेलेर जाने प्रवृत्ति बढेकाले त्यसलाई रोक्नुपर्ने बताए।

उनले भने, ‘सत्तापक्ष बहुमतमा हुने भएका कारण सरकारका प्रस्तावहरू सजिलै संसदबाट पारित हुन्छ। प्रतिपक्षमार्फत उठ्ने गरेका जनताका आवाजलाई नसुने पनि फरक नपर्नेजस्तो अवस्था छ । यसलाई बदल्नुपर्छ ।’

संसदमा कतिपय सांसदको भूमिकालाई लिएर समेत प्रश्न उठाउँदै केही सांसदले संसद्को पुरै कार्यकाल एक शब्द पनि नबोली बिताउने गरेको बताए।

उनले थपे, ‘पुरै कार्यकालभर एक शब्द नबोल्ने, कानुन निर्माणको प्रक्रियामा संलग्न नहुने, विधेयकमाथिको सैद्धान्तिक र दफावार छलफलमा सहभागी नहुने र संशोधन प्रस्ताव नहाली सांसदबाट बिदा हुने सांसदहरू पनि छन्।’

संसद्लाई औपचारिकताबाट माथि उठाएर जनताको भावना, आकांक्षा र मुलुकको आवश्यकता व्यक्त गर्ने थलोका रूपमा विकास गर्न आफ्नो दलका तर्फबाट प्रयास हुने बताए।