काठमाडौँ । लोक सेवा आयोगले अधिकृत र इन्जिनियर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गरी अधिकृत र इन्जिनियर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको वि.नं. ४-५/०८१-८२ (आ.प्र. र आ.ज.), तह ८ र ७ को प्राविधिक सेवा,समूहको वरिष्ठ अधिकृत र इन्जिनियर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।









