२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिहारमा अटोरिक्सा र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, तीन जना घाइते

अ+ अ-

एएफपी । भारतको पूर्वी राज्य बिहारमा अटोरिक्सा र ट्रक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । शनिवार बिहारको राजधानी पटनाको दनियावन–हिल्सा राजमार्गमा उक्त दुर्घटना भएको हो ।

“शनिवार विपरीत दिशाबाट आउँदै गरेको अटोरिक्सालाई ट्रकले ठक्कर दिँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ,” एक वरिष्ठ प्रहरी अधिकारीले भने। अटोरिक्सा चालकसहित यसमा सवार यात्रुहरू हताहत भएका प्रहरीले जनाएको छ । 

तीन जनालाई उपचारका लागि अस्पताल लगिएको र उनीहरूको अवस्था गम्भीर रहेको जनाइएको छ । मृत्यु भएका १० जनामध्ये ९ जना महिलासहित अटोरिक्सा चालक रहेको र बाँकी ट्रकमा आएका व्यक्ति रहेको अधिकारीहरूले बताएका छन् ।

 ठक्करबाट अटोरिक्सामा पूर्णरुपमा क्षति भएको छ । दुर्घटनापछि फरार रहेका ट्रक चालकको लापरबाहीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ । ट्रक चालकलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको छ ।