२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री लेखकले भने-‘अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ’

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले द्वन्द्व व्यवस्थापन दुई पक्षबीचको सम्झौता पनि भएको बताएका छन् । दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन नहुने उनको भनाइ छ ।

आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले भने, ‘जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ । हामीले ठिक ढंगले बुझिदिनुपर्छ । द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो ।’

उनले भने, ‘दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन हुँदैन । द्वन्द्वरत पक्षका बिचमा सम्झौता भएर संविधान बनेको हो ।’

केही व्यक्ति संविधान असफल बनाउने षड्यन्त्रमा लागेको बताउँदै उनले यदि वर्तमान संविधान असफल भए देशमा द्वन्द्व हुने बताए । यद्यपि संविधानलाई समय सापेक्ष संशोधन र संविधानको रक्षा आवश्यक हुने उनले बताए ।

संविधानले गरेको अधिकारको बाँडफाँटले द्वन्द्व उत्पन्न गराइरहेको भन्दै त्यसको व्यवस्थापन आवश्यक रहेको गृहमन्त्री लेखकले बताए ।

‘अहिले पालिकामा प्राकृतिक स्रोत साधनको वितरण र सीमाको द्वन्द्व छ । द्वन्द्वका धेरै पाटा छन् । उत्पन्न द्वन्द्व र सम्भावित द्वन्द्वको व्यवस्थापन गर्नुपर्छ,’ उनले भने ।

द्वन्द्व व्यवस्थापनको विषयमा अध्ययन अध्यापन गर्नेहरू बढेको भन्दै उनले यसमा छात्रवृत्ति कोटा बढाउन आफूले पहल गर्ने मन्त्री लेखकले बताए ।